५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

‘नेपालकै माटोको उपज आयुर्वेद चिकित्सा पद्धतिलाई कम महत्त्व दिइयो’

‘नेपालकै माटोको उपज आयुर्वेद चिकित्सा पद्धतिलाई कम महत्त्व दिइयो’
अ+ अ-

काठमाडौँ।  विगतमा अरु चिकित्सा प्रणालीभन्दा आयुर्वेदलाई कम महत्त्व दिएकाले आयुर्वेद क्षेत्र पछिपरेको सम्बन्धित क्षेत्रका जानकारहरूले बताएका छन् ।

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजको तेस्रो राष्ट्रिय अधिवेशन तथा साधारणसभाका वक्ताहरूले धेरै जडिबुटी हुने नेपालमा आयुर्वेदको राम्रो भविष्य भएकाले यसलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय परिषद्का अध्यक्ष डा अर्जुन कार्कीले आयुर्वेदको सुरूवात नै हिमालय क्षेत्रबाट भएकाले प्रवर्द्धन यहीँबाट सुरू हुनुपर्ने बताउनुभयो । आयुर्वेद क्षेत्रलाई अहिलेसम्म कम महत्त्व दिएकाले यस क्षेत्रका सबै एकीकृत भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

“आयुर्वेद विज्ञानको विज्ञान हो, चीनको परम्परागत चिकित्सा पद्धति आयुर्वेदबाट विकास भएको रहेछ, आयुर्वेदको अध्ययन, अनुसन्धान गरेर पश्चिमा देशका जर्नलमा प्रकाशन गर्नुपर्छ”, अध्यक्ष कार्कीले भन्नुभयो ।

आयुर्वेदका विज्ञ प्रा डा धनिकलाल भरखेरले नयाँ स्थापना भएको आयुर्वेद विश्वविद्यालयले शिक्षा, चिकित्सा र औषधि उत्पादनको काम एकसाथ गर्नुपर्ने बताउनुभयो । आयुर्वेद क्षेत्रका विज्ञ र यसलाई माया गर्ने धेरैले योगमाया आयुर्वेद विश्वविद्यालयले आयुर्वेदको विकासमा धेरै काम गर्ने विश्वास लिएको उहाँले सुनाउनुभयो ।

समाजका संस्थापक अध्यक्ष एवं आयुर्वेद विभागका पूर्वमहानिर्देशक डा देवकला भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद र आधुनिक चिकित्सा पद्धतिका चिकित्सकबीच विभेद गर्न थालेपछि विसं २०६५ मा संस्था स्थापना गर्नुपरेको बताउनुभयो । त्यसबेला दुर्गम भत्तामा आयुर्वेद चिकित्सकलाई विभेद गरिएकामा समाजले नै समानता कायम गराएको उहाँले स्मरण गर्नुभयो ।

आयुर्वेदको अध्ययन गर्नेले आधुनिक चिकित्सा पद्धति पढ्नुपर्ने भएकाले धेरै मिहिनेत गर्नुपरे सरकारले विभेद गरेपछि समाजको स्थापना गरेर काम गरेको भण्डारीले जानकारी गराउनुभयो ।

आयुर्वेदका चिकित्सक डा शङ्कर गौतमले ‘नेपालमा आयुर्वेद, विद्यमान अवस्था, समस्या, सहकार्यको आवश्यकता र समाधान’ विषयक प्रस्तुति गर्दै अहिले प्रत्येक पालिकामा आयुर्वेद सेवा पुगेकाले अब यसको दायरालाई विस्तार गरिनुपर्ने बताउनुभयो । नेपालमा अहिले आयुर्वेदका १५ वटा विधाका विशेषज्ञ रहेको जानकारी उहाँले गराउनुभयो ।

समाजको तदर्थ कार्य समितिका संयोजक डा पुण्येश्वर केशरीले जडिबुटीको सङ्कलन र प्रशोधन केन्द्र बनाएर मात्र उत्पादन केन्द्र बनाएपछि नै आयुर्वेदको प्रवर्द्धन गर्न सकिने भनाइ राख्नुभयो । हाल नेपालमा आयुर्वेदका एक सय ८७ जना विशेषज्ञ चिकित्सक रहेकाले तिनलाई उपयुक्त काम गर्ने अवसर दिनुपर्नेमा  उहाँले जोड दिनुभएको थियो । रासस