१६ भाद्र २०८३, मंगलवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुङ्गाले लागेर एक जनाको मृत्यु, एक घाइते



अ+ अ-

सुनसरी। यहाँको वराहक्षेत्र नगरपालिका–१ स्थित बाहुनी खोला नजिकै भिरमाथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

आज दिउसो करिब ४ः३५ बजे बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको स१०प ७९२१ नम्बरको मोटरसाइकल चालक सप्तरी बोधेबर्साइन नगरपालिका–४ का ३० वर्षीय जीवन साहको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार सप्तरी खडक नगरपालिका–११ बनौलीका ३० वर्षीय धर्मेन्द्रकुमार साह घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।

चतरा वराहक्षेत्र सडकखण्डमा रहेको बाहुनी खोलामा पहिरो झरिरहेका अवस्थामा बाटो पार गर्न पर्खिरहेका समयमा माथिबाट झरेको ढुङ्गाले टाउकामा लागि घटनास्थलमै साहको मृत्यु भएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ । रासस