१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

रास्वपालक्षित प्रधानमन्त्रीको टिप्पणीः ‘भवितव्यले खुलेका पार्टीहरु मुलुकमा अराजकता फैलाउन उद्दत छन्’

रास्वपालक्षित प्रधानमन्त्रीको टिप्पणीः ‘भवितव्यले खुलेका पार्टीहरु मुलुकमा अराजकता फैलाउन उद्दत छन्’
अ+ अ-

जनकपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै भवितव्यले खुलेका पार्टीहरु देशमा अराजकता फैलाउन उद्दत रहेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । केही पार्टीहरुले आफूलाई नयाँ भन्दै जनतामा भ्रम फैलाइरहेको उल्लेख गर्दै यसतर्फ नागरिक स्वयं सचेत रहनुपर्ने तर्क गर्नुभयो ।

उहाँले मुलुकको शान्ती व्यवस्था खल्बल्याउन तथा देशलाई प्रतिगमनतिर लैजान समेत प्रतिगामी तत्वहरु सक्रिय रहेको उल्लेख गर्नुभयो । विगतमा भएका राजनीतिक घटनाहरुको स्मरण गर्दै उहाँले केही शक्तिहरु त्यस्तै घटनाहरू दोहो¥याउने हेतुले राजतन्त्र फर्काउने अभियानमा लागिरहेको टिप्पणी गर्नुभयो । उहाँले नेपाली नागरिकलाई सुखि र मुलुकलाई समृद्ध बनाउन ढिला भइसकेकोले नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली नागरिकलाई सुखि बनाउन र हाम्रो देशलाई समृद्ध बनाउन हामीले नयाँ ढंगले, नयाँ तरिकाले, नयाँ संकल्पनका साथ अगाडि बढ्नुपर्ने अब ढिला भइसक्या छ । समय भयो होइन ढिलो भइसकेको छ । त्यसकारण सबैको म यस बाटोतिर यस दिशातिर ध्यानाकर्षण गर्न चाहान्छु । कानून, संवाद लगायतबाट हुने कुरामा जोरजोलुम गरिने परिपार्टीको अन्त्य गरिनुपर्छ । आवेश र उत्तेजनामा कोही पनि नआउनू । देशमा शान्ती सुव्यवस्था खल्बलियोस् भनेर भड्काउने, देशलाई प्रतिगमनतिर लान पाइयोस् भन्ने, राणाकाल र राजतन्त्र उस्ताउस्तै हुन् । ०५८ सालमा दरबार हत्यकाण्डजस्ता घटना भए । त्यसपछि पनि जनताको अधिकार खोसेर, नेताहरुलाई थुनेर, मुद्दा लगाएर निर्वाचित प्रधानमन्त्रीलाई हटाएर यस्तै यस्तै क्रियाकलाप गरेको हामीले देखेका छौं । यस्तै अध्याँरा दिनहरु फर्काउन केही तत्वहरु लागिरहेका छन् । केही तत्वहरु देशमा अराजकता फैलाउन कुदिरहेका छन् । आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिराखेका छन् । भवितव्यले खुलेका पार्टी नयाँ त हुने नै भए ।’

कानून र संवादको माध्यमबाट निष्कर्षमा पुगिने कुराहरुमा जोरजोलुम गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल