२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमतीमा ५ मन्त्रीले गरे शपथ, लामा पक्षका सांसदहरू समेटिएनन्



अ+ अ-

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेसबाट पाँच जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन् ।

आज प्रदेश प्रमुखको कार्यालयमा नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । नेपाली काँग्रेस र सत्ता साझेदार दल नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्मा रिक्त रहेको पाँच मन्त्रालयमा मन्त्री नियुक्त गरिएको हो ।

मुख्यमन्त्री बानियाँले आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङलाई मन्त्री नियुक्त गरेका छन् । त्यसै गरी सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे , संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेल र युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाललाई नियुक्त गरेका हुन् ।

२० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले सोही दिन एमालेका ६ र कांग्रेसका २ मन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। उक्त दिन कांग्रेसबाट खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र जिम्मेवारी पछि तोकिने गरी धादिङका शिवराज अधिकारी विना विभागीय मन्त्री नियुक्त भएका थिए। कांग्रेसभित्र मन्त्रालय भागबण्डा हुँदा अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैगरी, २० साउनमै नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पौंडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडौंकै जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । लामा पक्षका तीन सांसद गोविन्द लम्साल, माया श्रेष्ठ, गिता गुरूङलाई मन्त्री बनाउने पूर्वसहमति भएको थियो ।  सभापति शेरबहादुर देउवा, बानियाँ र लामाबीच त्यसबारे सहमति भएको थियो। यही सहमतिका आधारमा बहादुर पक्षले २७ साउनको प्रदेशसभा बैठकमा उपस्थित भई विश्वासको मत दिएका थिए ।




भर्खरै