२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु



अ+ अ-

दमक । जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१ कि महिलाको मृत्यु भएको छ ।

यही साउन ११ गते दमक–१ को बरगाछीस्थित सडकमा बिहान ४ः३० बजे ‘मर्निङ वाक’मा जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी ४६ वर्षीया सुनिता राईको उपचारका क्रममा आज बिहान विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

बिहान करिब ४ः१५ बजे सुनितासँगै उहाँकी बहिनी कविता राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईका अनुसार हात्तीको आक्रमणबाट घाइते दुवैलाई दमक अस्पतालमा उपचारपछि विराटनगर पठाइएको थियो । घाइते कविताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस