२४ श्रावण २०८३, आईतवार
,
Latest
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै ‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलद्वारा खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव भारतको हिमाचल प्रदेशमा बस दुर्घटनाः ८ जनाको मृत्यु, १० घाइते इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान अमेरिकी सिनेटद्वारा सरकारी कामकाज ठप्प हुन नदिन अस्थायी कोष विधेयक पारित कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी चार अर्ब ९३ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोहरा सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार



अ+ अ-

काठमाडौं । मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलाउन गएको काठमाडौं महानगरपालिकाको नगर प्रहरी र सुकुमबासीबीच झडप भएको छ ।

बस्तीमा डोजर चलेपछि सुकुम्बासीहरुले नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि ढुंगामुढा प्रहार गरेका हुन् । सोहिक्रममा, उनीहरुले ढु‌गा प्रहार गरेर डोजर पनि तोफोड गरेका छन् ।

काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली सुकुम्बासी बस्तीमा बनेको नयाँ बनेका घर टहरा हटाउन डोजर लिए पुगेका थिए । झडप हुन सक्ने सम्भावना देखेपछि नेपाल प्रहरीको टोली पनि सँगै गएका थिए । सोही क्रममा आक्रोशित सुकुम्बासीहरुले ईंटा–ढुंगा प्रहार गरेका हुन् ।

व्यक्तिको जग्गामा नयाँ स‌ंरचना बनेपछि गत साउन ८ गते गोरखापत्रमा सूचनामा जारी गरेर व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो । तोकिएको मितीमा नहाएपछि महानगरले डोजर चलाएको हो ।