१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोहरा सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार



अ+ अ-

काठमाडौं । मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलाउन गएको काठमाडौं महानगरपालिकाको नगर प्रहरी र सुकुमबासीबीच झडप भएको छ ।

बस्तीमा डोजर चलेपछि सुकुम्बासीहरुले नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि ढुंगामुढा प्रहार गरेका हुन् । सोहिक्रममा, उनीहरुले ढु‌गा प्रहार गरेर डोजर पनि तोफोड गरेका छन् ।

काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली सुकुम्बासी बस्तीमा बनेको नयाँ बनेका घर टहरा हटाउन डोजर लिए पुगेका थिए । झडप हुन सक्ने सम्भावना देखेपछि नेपाल प्रहरीको टोली पनि सँगै गएका थिए । सोही क्रममा आक्रोशित सुकुम्बासीहरुले ईंटा–ढुंगा प्रहार गरेका हुन् ।

व्यक्तिको जग्गामा नयाँ स‌ंरचना बनेपछि गत साउन ८ गते गोरखापत्रमा सूचनामा जारी गरेर व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो । तोकिएको मितीमा नहाएपछि महानगरले डोजर चलाएको हो ।