५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

द्वितीय विश्वयुद्धको ८० वर्षपछि जापानी सम्राटद्वारा ‘गहिरो पश्चात्ताप’ व्यक्त

द्वितीय विश्वयुद्धको ८० वर्षपछि जापानी सम्राटद्वारा ‘गहिरो पश्चात्ताप’ व्यक्त
People queue up to pay their respect and say prayers during a visit to the Yasukuni Shrine in Tokyo on August 15, 2025, on the 80th anniversary of Japan's surrender in World War II. (Photo by Philip FONG / AFP)
अ+ अ-

एजेन्सी । द्वितीय विश्वयुद्धमा जापानको आत्मसमर्पणको ८०औँ वार्षिकोत्सवको अवसरमा सम्राट नारुहितोले शुक्रबार ‘गहिरो पश्चात्ताप’ व्यक्त गर्दै युद्धमा ज्यान गुमाएका लाखौँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

टोकियोको यासुकुनी मन्दिरमा हजारौँ मानिसले चर्को गर्मीको बीचमा श्रद्धाञ्जलि दिए । यो मन्दिरले १९औँ शताब्दीको अन्त्यदेखि मृत्यु भएका मुख्यतया २५ लाख जापानी सैनिकलाई सम्मान गर्छ, तर केही युद्ध अपराधीहरूलाई पनि सम्मान भाव प्रकट गर्ने भएकाले विवादास्पद मानिन्छ ।

यहाँ जापानी मन्त्रीहरूको उपस्थितिले चीन र दक्षिण कोरियालगायत युद्धपीडित देशहरूलाई क्रोधित बनाउँदै आएको छ ।

सहरको केन्द्रमा आयोजित समारोहमा सम्राट नारुहितोले महारानी मासाकोसँग सहभागिता जनाउँदै भन्नुभयो, “अन्तिम युद्धमा आफ्नो बहुमूल्य जीवन गुमाएका असङ्ख्य व्यक्ति र तिनीहरूका शोकाकुल परिवारहरूसँग मेरा विचारहरू छन् । हाम्रो विगतप्रति चिन्तन गर्दै र गहिरो पश्चात्तापको भावनालाई दिमागमा राख्दै म इमानदारीपूर्वक यस्तो विनाश फेरि कहिल्यै नदोहोरियोस् भन्ने आशा गर्छु ।”

प्रधानमन्त्री शिगेरु इशिबाले पनि शान्तिका लागि काम गर्ने वाचा गर्नुभयो । यद्यपि उहाँले यासुकुनी मन्दिरमा परम्परागत भेटी पठाउनुभयो, जसले फेरि विवाद जन्माएको छ । पूर्व प्रधानमन्त्री शिन्जो आबेको भ्रमणले अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्नुपरेकाले सन् २०१३ यता कुनै पनि प्रधानमन्त्रीले मन्दिर भ्रमण गरेका छैनन् ।

उक्त दिन कृषिमन्त्री शिन्जिरो कोइजुमी, विपक्षी नेत्री सानाए ताकाइची र राष्ट्रवादी सानसेइतो पार्टीका सदस्यहरू पनि मन्दिर पुग्नुभएको थियो ।

मन्दिर परिसरमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा बढी थियो । धेरैले छाताहरू प्रयोग गरी घामबाट बच्ने प्रयास गरेका थिए । केही बिरामी समेत परे ।

स्थानीय नागरिकहरू युद्धका पाटाहरू सम्झन र आत्मचिन्तन गर्न मन्दिर पुगेका थिए । एक आगन्तुक ताकाशी इगुचीले भन्नुभयो, “हामी युद्धको सम्भावना रहेको समयमा बाँचेका छौँ । जापानको इतिहास सम्झनु अहिले झन् महत्त्वपूर्ण छ ।”

सम्राट नारुहितो, महारानी मासाको र राजकुमारी ऐकोले अर्को महिना नागासाकी भ्रमण गर्नुहुनेछ । त्यहाँ उहाँहरूले परमाणु बमबाट बाँचेकाहरूलाई भेट्ने र युद्धपीडितलाई श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । यो सम्राटको सिंहासनमा आरोहणपछिको पहिलो नागासाकी भ्रमण हुनेछ ।