नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन-चाँदीको मूल्य घटेको छ ।
बिहीबारको तुलनामा आज सुन-चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन तोलामा ६०० रुपैयाँले घटेर तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ । बिहिबार उक्त सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।










