२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बित

कोरोना सङ्क्रमणको असर : एक हजार बढी मुद्दा फछ्र्यौट हुन बाँकी

कोरोना सङ्क्रमणको असर : एक हजार बढी मुद्दा फछ्र्यौट हुन बाँकी
अ अ+ अ-

तनहुँ । जिल्ला अदालत तनहुँमा एक हजार ७७ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । 

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञा कारण लामो समयसम्म बिदा हुँदा सो मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । 

कोरोना सङ्क्रमणको जोखिम कम भएपछि मुद्दा फछ्यौटमा तिव्रता आएको छ । गत वर्षको जिम्मेवारी सरेर आएका ९५९ र नयाँ दर्ता भएका ६१७ गरी कूल एक हजार ५७६ मुद्दामध्ये ४९९ फछ्यौट भएको जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६ महिनाभित्रका ४१२, छ महिनादेखि बाह्र महिनाभित्रका २८७, बाह्र महिनादेखि अठार महिनाभित्रका १४४, दुई वर्ष नाघेका १३० र अठार महिनादेखि दुई वर्ष नाघेका १०४ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । यसैगरी, ६ महिनाभित्रका २७१, छ महिनादेखि बाह्र महिनाभित्रका १०२, बाह्र महिनादेखि अठार महिनाभित्रका ३२, अठार महिनादेखि दुई वर्षभित्रका ४७ र दुई वर्ष नाघेका ४७ गरी ४९९ मुद्दा फछ्र्यौट भएको सो अदालतले जनाएको छ । 

पछिल्लो समयमा सम्बन्ध विच्छेदका मुद्दासमेत बढ्दै गएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । रोजगारीको सिलसिलामा विदेशमा रहेका श्रीमान् स्वदेशमा आएपछि श्रीमान् श्रीमतीबीच सम्बन्धविच्छेद हुने गरेको उहाँको भनाइ छ । 

त्यसैगरी, जिल्लामा जबरर्जस्ती करणीका मुद्दा पनि अत्यधिक मात्रामा दर्ता हुने गरेको उहाँले बताउनुभयो ।