८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदनबारे मृतकका आफन्तले भनेः पीडितका कुरा सुनिदिए पनि न्याय पाएको अनुभुति हुन्छ

सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदनबारे मृतकका आफन्तले भनेः पीडितका कुरा सुनिदिए पनि न्याय पाएको अनुभुति हुन्छ
अ+ अ-

काठमाडौँ । सौर्य एयरलाइन्स नाइनएन—एमइ, सिआरजे २०० वायुयान दुर्घटनामा तीन सन्तति गुमाएका प्रकाश खतिवडाले वायुयान दुर्घटना जाँचबुझको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीवार प्रतिवेदनमाथि छलफल भएको हो । छलफलमा नेपालको १०९ वटा विमान दुर्घटनाको इतिहासमा सौर्य जहाजको दुर्घटना छुट्टै खालको भएको बताउनु भयो । उहाँले ह्युमन फ्याक्टर कारण दुर्घटना भएको निष्कर्ष देखाइएकोमा सहमति जनाउनु भयो । उहाँले सौर्य एयरलाइन्स, एरोड्रोन र नेविगेसनको कुरा प्रतिवेदनमा गरिएको तर क्यानलाई सेवा प्रदायक भनेर उल्लेख नगरिएकोप्रति आपत्ति जनाउनु भयो ।

सेवा प्रदायक संस्थाको अनुमति दिने व्यक्ति जाँचबुझ समितिका संयोजक रतिशचन्द्रलाल सुमनको आफन्त भएकाले त्यो नखुलाइएको उहाँको आरोप छ । उक्त उडान र यात्रुहरु र एयरलाइन्स कम्पनीको हर्कत पनि अवैधानिक रहेको बताउनु भयो । ४ वर्षको नातीलाई किन सौर्य एयरलाइन्सको कर्मचारी बनाइयो ? भन्दै प्रश्न गर्नुभयो । उर्जा मन्त्रालयमा कार्यरत आफ्नी छोरीलाई समेत सौर्य एयरलाइन्सको कर्मचारी बनाएर उडाइएको बताउनु भयो । सरकारले छानविनका लागि बनाएको जाँचबुझ आयोग समेत अवैधानिक रहेको बताउनु भयो । प्रतिवेदन बनाउँदा अरुसँग अन्तर्वार्ता लिएको उल्लेख गरेपनि तीन सन्तति गुमाएको परिवारसँग कुनै सोधपुछ नगरिएको उहाँको भनाइ छ । प्रतिवेदनसमेत नियोजित रहेको उहाँको ठहर छ । पीडितका कुरा सुनियो भनेपनि न्याय पाएको अनुभुति हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो छुट्टै खालको दुर्घटना हो भन्नुभयो । हो, नेपालको १०९ वटा विमान दुर्घटनाको इतिहासमा सौर्य जहाजको दुर्घटना छुट्टै खालको हो । संयोजकज्युले ह्युमन फ्याक्टरले यो भएको भन्नुभयो, मलाई त्यो भनिसकेपछि मैले गरेको अनुसन्धान ठिक छ भन्ने ठाउँमा म पुगेँ । सेवा प्रदायक संस्थाको कुरा गर्दा तीन कुराहरु गर्नुभयो । सौर्य एयरलाइन्स, एरोड्रोन र नेविगेसनको कुरा गर्नुभयो । तर क्यानलाई सेवा प्रदायक भनेर उल्लेख गर्नुभएन । उहाँलाई समस्या छ, त्यो उल्लेख नगर्नुको पछाडि । क्यानलाई सेवा प्रदायक संस्था उल्लेख नगर्नुकोपछि उहाँलाई समस्या छ । सेवा प्रदायक संस्थाको अनुमति दिने मान्छे उहाँको आफन्त हो । यो फ्लाइट इलिगल हो, प्यासेन्जर इलिगल हुन्, एयरलाइन्स कम्पनीको हर्कत इलिगल छ ।’

‘मेरो ४ वर्षको नातीलाई किन सौर्य एयरलाइन्सको स्टाफ बनाइयो ? यहाँ हेर्न सक्नुहुन्छ । म देखाउनसक्छु । अधिराज शर्मा, सौर्य एयरलाइन्स स्टाफ । मेरी छोरी उर्जा मन्त्रालयमा कार्यरत थिइन् । तर सौर्य एयरलाइन्सको स्टाफ लेखिएको छ । घटनाको दिनसम्म उर्जा मन्त्रालयमा कार्यरत थिइन् । आर्थिक र व्यापारिक स्वार्थसँग जोडेर मेरो डिग्निटीसँग खेल्ने प्रयास भयो । मेरो छोरीलाई भ्रष्टीकरण गर्ने प्रयास भएको छ । उर्जा मन्त्रालयमा कार्यरत थिइन् मेरी छोरी । कसरी सौर्य एयरलाइन्सको स्टाफ भइन् ? आयोग पनि इलिगल छ । यो प्रतिवेदन नियोजित छ । सारासँग अन्तर्वार्ता लिएको छ । तर म तीन सन्तान गुमाएको अभिभावकसँग उहाँले सम्पर्क पनि गर्न चाहनुभएन । मेरो पीडा त्यहाँबाट शुरु भएको छ । पीडितलाई पीडितका कुरा सुनियो भनेपनि न्याय पाएको अनुभुति हुन्छ, सर । तपाईंहरुले आज राम्रोसँग कुरा सुनिदिनुभयो भने मलाई न्याय चाहिँदैन । मेरो पीडा कम हुन्छ । तर उहाँहरुले मसँग सम्पर्क गर्न चाहनुभएन । मलाई मान्छे ठान्नुभएन । सबैभज्दा बढी क्षति व्यहोरेको मान्छे हुँ ।’

उहाँले न्यायिक जाँच आयोग बनाएर अनुसन्धान गर्न माग गर्नुभयो । न्याय र क्षतिपूर्तिको सुनिश्चित गर्न पनि जाँच आयोगको आवश्यक रहेको बताउनु भयो । तथ्य र प्रमाणले सार्य जहाँज दुर्घटना मात्रै नभएको स्पष्ट हुने जिकिर गर्नुभयो । २०८१ को साउन ९ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । जहाँ १८ जनाको ज्यान गएको थियो । दुर्घटनामा खतिवडाका ज्वाईं, छोरी र नातीको निधन भएको थियो ।