२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘यसपालि त मनै फाट्यो’ गीतका रचनाकारबारेको त्रुटि पाठ्यक्रमले सच्यायो



अ+ अ-

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकमा रहेको गीतसम्बन्धी एउटा त्रुटी सच्चाएको छ । सामाजिक सञ्जालमा तीव्र विरोध र आलोचना भएपछि पाठ्यक्रम विकास केन्द्रले त्रुटि सच्याइएको हो ।

चर्चित गीत ‘यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने’ को रचनाकारको नाममा रहेको त्रुटी सच्याइएको हो । केन्द्रले बुधबार एक सूचना जारी गर्दै सो गीतका रचनाकार अम्बर गुरुङ नभई राजेन्द्र थापा भएको बताएको हो ।

केन्द्रले सच्याइएअनुसारकै विवरणका आधारमा शिक्षण–सिकाइ क्रियाकलाप गर्न/गराउनसमेत सम्पूर्ण शिक्षण संस्थाहरूलाई आग्रह गरेको छ ।

कक्षा ९ को अनिवार्य नेपाली विषयअन्तर्गत पाठ ५ को पृष्ठ ५४ मा रहेको ‘बोध र अभिव्यक्ति’ खण्डको अभ्यास १३ मा उक्त गीतको रचनाकार अम्बर गुरुङ भनेर उल्लेख थियो ।

यसअघि पाठ्यपुस्तकमा सोही गलत विवरणका आधारमा पठनपाठन हुँदै आएको थियो । सामाजिक संजालमा यो त्रुटीको लामो समयदेखि विरोध हुँदै आएको थियो ।