७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

नेपालमा मिडियाको स्वतन्त्रता र सुरक्षामा सुधार नभएको अमेरिकी प्रतिवेदनको निष्कर्ष

नेपालमा मिडियाको स्वतन्त्रता र सुरक्षामा सुधार नभएको अमेरिकी प्रतिवेदनको निष्कर्ष
अ+ अ-

काठमाडौं । अमेरिकी सरकारको मानवअधिकार प्रतिवेदनले नेपालमा मानवअधिकारको समग्र अवस्था सुधार नभएको निष्कर्ष निकालेको छ ।

अमेरिकाले नेपाल सरकारले मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीहरूलाई छानबिन गर्ने विश्वसनीय प्रयासहरू गरे पनि दोषी ठहर गरिएका अधिकारीहरूलाई नियमित रूपमा दण्डित नगरेको उल्लेख गरेको हो ।

अनलाइनबाट सार्वजनिक सन् २०२४ को अन्तर्राष्ट्रिय मानव अधिकार प्रतिवदेनमा वर्षभरि नेपालमा मानवअधिकारको अवस्थामा गत वर्षभन्दा कुनै महत्वपूर्ण परिवर्तन नदेखिएको उल्लेख छ ।

गैरकानुनी हत्या, यातना वा अमानवीय, क्रूर, अपमानजनक व्यवहार वा सजाय, थुना, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध, गैरन्यायीक गिरफ्तारीहरू र जबरजस्ती श्रमसहितको मानव बेचबिखन लगायतका विषयमा केन्द्रित रहेर प्रतिवेदन बनाइएको हो ।

संविधान र कानुनले अभिव्यक्तिको स्वतन्त्रता, प्रेस तथा अन्य सञ्चार माध्यमका सदस्यहरूका लागि सुनिश्चित गरे पनि मानवअधिकार कानुनविद्हरू र केही पत्रकारहरूले संविधान र कानुनहरू अस्पष्ट भएको र त्यसले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता सीमित गर्न सक्ने ठाउँ दिएको बताएको प्रतिवदेनमा छ ।

सरकारले तिब्बती समुदायका व्यक्तिलाई सांस्कृतिक रूपमा महत्वपूर्ण पर्वहरू मनाउन नदिई अभिव्यक्ति स्वतन्त्रता सीमित गरेको प्रतिवेदनमा छ ।