७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा ‘कथाकली’ नृत्य 

भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा ‘कथाकली’ नृत्य 
अ+ अ-

वीरगञ्ज, (पर्सा) । भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा बुधबार भारतीय कला संस्कृति झल्किने ‘कथाकली’ नृत्य प्रस्तुत गरिएको छ । काठमाडौँस्थित भारतीय दूतावास र भारतको महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा बुधबार बेलुका यहाँ नृत्य प्रस्तुत  गरिएको छ ।

भारतको केरला राज्यमा निकै प्रख्यात मानिएको महाभारतको कथामा आधारित कथाकली नृत्यु केरलाबाट आएका नौ जना कलाकारले प्रस्तुत गरेका थिए ।

यहाँ उपस्थित मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।

“नेपाल र भारतबीच सदियौँदेखि सांस्कृतिक र भावनात्मक सम्बन्ध रहँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “जसकारण दुवै मुलुकबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आइरहेको छ । यसलाई थप सुदृढ गर्दै आपसी सद्भाव र सामजञ्यता कायम गर्न आवश्यक छ ।”

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो । भारतको महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिणाले भारत र नेपालबीच सदियौँदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध कायम रहँदै बताउनुभयो ।

“भारतीय स्वतन्त्रता आन्दोलनमा पनि नेपालका तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गरिएको छ”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “दुवै मुलुकबीच भाइचारा र सांस्कृतिक आदानप्रदान हुँदै आइरहेको छ । यो निकै प्रशंसनीय कार्य हो । यस सम्बन्धलाई अझै प्रगाढ बनाउन भारत प्रतिबद्ध छ ।”

कार्यक्रम इन्डियन काउन्सिल फर कल्चरल रिलेसनको संयोजनमा भएको हो ।