२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बित

दिमागमा जरो गाडेर बसेको छाउगोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुन्छ: राष्ट्रपति (फोटो फिचर)

दिमागमा जरो गाडेर बसेको छाउगोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुन्छ: राष्ट्रपति  (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने बताउनु भएको छ । बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिहरुसँगको भेटघाटमा राष्ट्रपति भण्डारीले आजको आवश्यक्ता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने रहेको बताउनु भएको हो । उहाँले युवा, युवतीबीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनिकरण गर्न समाजिक संघसंस्थाहरुको ठूलो भूमिका रहेकाले सामाजिक संस्थाहरुले सरकारसँग मिलेर समाजका विकृति, विसंगतिहरु समाधान गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रपति भण्डारीले बालबालिकाहरुले सर्वाङ्गिण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी कदम चाल्न आवश्यक रहेको बताउनु भयो । कतिपय सरकारी विद्यालयहरुमा पूर्वाधारहरु कमजोर रहेको र गुणस्तर, शिक्षक र शिक्षकहरुको वृत्ति र तालिमको समस्या रहेकोले त्यसलाई समाधान गर्दै लैजानु पर्ने बताउनु भयो । राष्ट्रपति भण्डारीले विद्यालयमा सुशिक्षा दिएमा मात्रै विकृतिका चाङहरुमा न्यूनिकरण गर्न सकिने दाबी गर्नुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘युवा युवतीहरुको बीचमा अपहरण, बलात्कार, हत्या जस्ता विकृतिहरु हटाउनको लागि हाम्रो भोलेन्टियर संस्थाहरुको ठूलो भुमिका हुन्छ । हामी सबैले ध्यान लगाउनुपर्ने क्षेत्र भनेको विद्यालय क्षेत्र हो । यो देशमा पैदा भएको नानीबाबु, बच्चा, छोरा, छोरी सकुशल अगाडि बढोस्, उसको स्वास्थ्य राम्रो होस्, उसलाई कुनै आँच नआओस् र उसको सर्वाङ्गिण विकासको क्षमता पाओस् भन्नको लागि विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्छ । अहिले हाम्रो ध्यान पनि त्यतातिर छ र विद्यालय शिक्षालाई कसरी बढी भन्दा बढी समर्थनवान बनाउने भन्ने कुरा सोच्नुपर्छ ।

अहिले ३५/३६ हजार विद्यालय छन्, कति त मर्ज गर्नुपर्ने होला, कति त त्यसको पूर्वाग्रहहरु कमजोर छन् । कति त गुणस्तरको समस्या छ, शिक्षकहरुको अभाव छ । शिक्षकहरुको वृत्तिको सवालहरु छ । तालिमको कुरा छ ।  यी थुप्रै कुराहरुलाई समाधान गर्नुपर्छ । स्काउटलाई घर घरमा पु-याउन नेपालमा गणतन्त्र छ भन्ने थाहा हुनुप-यो नि । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, राष्ट्रपति छ भन्ने कुरा थाहा हुनपर्छ । शैक्षिक सुधार कार्यक्रममा पनि राष्ट्रपति शैक्षिक सुधार भन्ने हिसावले कार्यक्रमहरु त्यसलाई सहकार्य गर्न सक्नुहुनेछ । पहिलो हाम्रो पाठशाला घर होला तर घरपछिको पहिलो पाठशाला त विद्यालय नै हो । त्यहाँ हामीले सुशिक्षा दिनुपर्छ । यति भयो भने अनुशासनहीन भएर आएका विकृतिहरुलाई समाधान गर्न सकिन्छ ।’

राष्ट्रपति भण्डारीले समाजमा विकृति र विसंगति नहोस् भन्नको लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले पश्चिममा छाउपडीको समस्याले विभिन्न दुर्घटनाहरु निम्त्याइरहेको भन्दै यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताउनु भयो । राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलाहरुमाथि आपराधिक घटनाहरु भइरहेकोले दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘समाजमा विकृति र विसंगति नहोस् भन्नको लागि परिवर्तन आवश्यक छ । आफ्नै ठाउँबाट, आफैँबाट परिवर्तन गर्नुपर्छ । जस्तो यो छाउपडीको कुरा । बास्तवमा यो छाउपडी त एउटा वैज्ञानिक प्रणाली हो नि मानव शरीरको । त्यो नभइकन सन्तान पनि जन्मिदैन । तर त्यो कुरालाई पनि यस्तो अन्धविश्वासले जगडेको छ कि, त्यसबाट पनि धेरै घटनाहरु भएका छन् ।

शारीरिक दुःख त हुन्छ हुन्छ । बाहिर बस्नुपर्छ । सर्पले डस्नेदेखि, अपराधिक सोच भएकाहरुबाट आक्रमण हुने अनेक प्रकारको दुःख हुने र प्रतिष्ठामा आँच आउने गरी आक्रममण हुने गरेका छन् । त्यसलाई हामीले हटाउन जरुरी छ । त्यो एकैपटक सम्भव छैन । नेताहरुले छैन भन्छन्, तर त्यही जिल्लामा बढी हुन्छ । सरकार जान्छ गोठ भत्काइदिएर आउने तर सरकारका प्रतिनिधिहरु सधैँ बसिरहँदैनन् । फेरि गोठ बनाइहाल्ने । मैले यो स्थिती देखेपछि एउटा छेउमा सुरक्षाका लागि बनाउने कुरा गरेको थिएँ । अब त्यो कति क्रान्तिकारी हुन्छ थाहा छैन । दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुन्छ ।’

महिला र पुरुष भएर नै संसार चल्ने भन्दै राष्ट्रपति भण्डारीले समाजमा महिलाप्रतिका कुसंस्कारलाई हटाएर पुरुषरह नै अधिकार दिनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रम महिलाहरुका लागि सफल भइरहेकाले यस्तै अन्य कार्यक्रम ल्याएर समाज विकासमा लाग्नुपर्ने बताउनु भयो ।