७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

बागलुङमा बर्खेजात्राको रौनक

बागलुङमा बर्खेजात्राको रौनक
अ+ अ-

गलकोट, (बागलुङ) ।

असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो,

पातली नानीलाई फरिया किन्दा छ बिसे रिन लाग्यो ।

मङ्गलबार बागलुङ बजारमा नेवारी समुदायले निकालेको रोपाइँजात्राका महिलाको भेषमा सजिएका पुरुषले गाएको गीतको अंश हो यो । उनीहरु मुखियाको खेत रोप्न आएका रोपारहरू अवस्थामा सजिएका छन् । केही पुरुषहरु भने  बाउँसेको भूमिकामा छन् ।

बागलुङ बजारमा अहिले दैनिक जसो नेवारी समुदायको जात्रा हेर्न पाइन्छ । यहाँको पुरानो नाचमध्येका लाखे, होवा, घोडा, रोपाइँजस्ता विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुल्जार छ । घण्टा कर्णको अघिल्लो दिन लाखेनाच देखाएर सुरु भएको जात्रा आगामी भदौ ११ गतेसम्म चल्ने छ । बर्खे जात्राको रुपमा भने गाईजात्राको दिनबाट लिने गरिएको छ ।

नेवारी समुदायको लोपोन्मुख संस्कृतिका रुपमा रहेको नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षित गर्दै आएका छन् । बर्खे जात्रा संरक्षणमा युवा पुस्ताले चासो देखाउन थालेपछि विभिन्न नाचहरु थप रोमाञ्चित भएका छन् । बागलुङको बर्खेजात्रा २३९ वर्षभन्दा पुरानो रहेको नेवारी समुदायका जानकार बताउँछन् ।

बर्खे जात्रा नाचअन्तर्गत पर्ने अन्य केही नाच भने खर्चिला भएकाले देखाउन छोडिएको बताउँदै अहिले लाखे, कटुवाल, रोपाइँ, जोगी, घोडा, होवालगायत नाचहरू प्रदर्शन गरिनेछ । अहिलेसम्म लाखे, कटुवाल, होवा र रोपाइँ नाच प्रदर्शन गरिसकेको छ । नेपाल भाषा मंका खल:को आयोजनामा अन्य पाँच संस्थाको समन्वयमा बर्खेजात्रा सञ्चालन गरिएको छ ।

नेवारी संस्कृति संरक्षणमा कठिन भए पनि युवापुस्ताको सक्रियतामा बर्खे जात्रालाई निरन्तरता दिइरहेको नेपाल भाषा मंका खलका अध्यक्ष जयराम भारीले बताउनुभयो । “केही खर्चिला नागनागिनी, शिखारी र थेतर नाच लोप भइसके तर अन्य नाचलाई निरन्तरता दिएका छौँ”, भारीले भन्नुभयो, “युवा पुस्तालाई सक्रिय बनाउदा सहज भएको छ, नत्र खर्च र व्यवस्थापनका हिसाबले निकै समस्या छ, संस्कृतिको संरक्षणमा नेवारी समुदाय एकजुट बनेको छ ।”

विसं १८४३ अघि नै बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाच नेवार समुदायअन्तर्गत पर्ने स्थानीय काजी गाउँले श्रेष्ठले बताउनुभयो । “शिखारी, थेत्तर र नागनागिनी नाच बढी खर्चिलो भएकाले देखाउन छोडिएको छ, अन्य केही भदौरे अर्थात बर्खेनाच संरक्षित छन्”, उहाँले भन्नुभयो, “नेवार जातिका कला संस्कृतिअन्तर्गत धेरै नाच आर्थिक हिसाबले खर्चिला छन्, जुन बचाउनै गाह्रो छ, युवा पुस्ताको चासो भएकाले सहज भएको मात्रै हो ।”

बर्खेजात्राका कारण बागलुङ बजार क्षेत्रमा रौनक छाएको जनाउँदै श्रेष्ठले बजेट अभावले तीन वर्षमा देखाउने हनुमान नाच नौ वर्षमा देखाइएको बताउनुभयो । पछिल्लो समय युवाले चासो देखिएका कारण लोप हुन थालेका कतिपय नाच पुन:देखाउन थालिएको उहाँको भनाइ थियो । नेवार समुदायले अहिले देखाइरहेका भदौरे नाचहरू अन्य जातजातिले रोचक मानेर हेर्ने गरेका छन् । यस  नाचलाई भदौरे नाच भन्ने गरिएको छ ।

नेपाल भाषा मंका खलले संयोजन गरे पनि जोगी नाच शाक्य कल्याण समाजको अगुवाइ, कटुवाल, घोडा र रोपाइँ नाच नेवा ल्याम्ह पुचको सक्रियतामा देखाइँदै आएको छ ।

भदौरे नाचअन्तर्गत लाखे नपर्ने भए पनि बर्खे वरपरमा लाखे नाच प्रदर्शन भइरहेको अगुवा नेवार समुदायले बताउँदै आएका छन् । घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच प्रदर्शन भइरहने शाक्य कल्याण समाजले जनाएको छ । वर्खामा बागलुङका सडक, चोक र बस्ती संस्कृतिमय बन्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिएको छ । रासस