७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’
अ+ अ-

मर्चवार, (लुम्बिनी) । बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध  धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो । लुम्बिनीलाई विश्वभर शान्तिको मुहानका रूपमा चिनिन्छ । तर बौद्ध विद्वानहरुले व्याख्या गरेको र बुद्धको जीवनसँग गहिरो सम्बन्ध राख्ने बुद्धको मावली अमकोहिल नगर ‘देवदह’ को अझै पनि ओझेलमा छ ।

रुपन्देहीको मर्चवारी–२ अमवास्थित ‘सगरा’ नामक देव निर्मित प्राचीन पोखरी नै ऐतिहासिक देवदह भएको स्थानीयको दाबी छ । सामाजिक अभियन्ता लक्ष्मी थारुले भन्नुभयो, “बुद्धको मावलीको खोज तीव्र गतिमा चलिरहे पनि यस क्षेत्रको भूगोल एवं इतिहासप्रति सम्बन्धित निकायहरूको चासो देखिदैन, नाम जुरेकै आधारमा नयाँ ‘देवदह’ लाई प्राथमिकतामा राखेर वास्तविक कोलियग्रामको तथ्य नै ओझेलमा पार्ने प्रयास भएको छ ।” कोलियका पुरातात्विक संरचना र ऐतिहासिकस्थल संरक्षणको अभावमा हराउने जोखिम रहेको उहाँको भनाइ छ ।

सिलोनी इतिहासका अनुसार, रोहिणी ९कोहान० नदी  कपिला र कोलीय दुवै नदी सहरको बीचबाट बग्दथे । जहाँ कोलीय सहर बुद्धकी आमा मायादेवीको जन्मस्थल थियो । यसलाई ‘व्याघ्रपुर’ पनि भनिन्थ्यो ।

इतिहासकार एलेक्जेण्डर कनिङ्घमद्वारा लिखित ‘प्राचीन भारतको भूगोल’ ९१८७१० पेज ४१७ मा लेखिएको छ, “कोलीको स्थिति अनिश्चित छ, तर यो सम्भवत: अमकोहिल गाउँसँग जोड्न सकिन्छ, जो लुम्बिनी नगरदेखि पूर्वतर्फ ११ माइल र कोहाना नदी नजिकैको विन्दुभन्दा केही कम तीन माइल टाढा छ ।”

युरोपेली अनुसन्धानकर्तामध्ये एलेक्जेण्डर कनिङ्घमले बुद्धजन्मस्थल लुम्बिनी, कोलिय राज्य र आसपासको भूभाग पहिचानमा महत्वपूर्ण भूमिका खेलेका छन् । उहाँले पुस्तकमा लेख्नुभएको छ, “लुम्बिनीको वास्तविक पहिचान बुकाननले दिनुभएको विवरण र स्थानीय संरचनालाई अध्ययन गरेरै मात्र सम्भव भयो ।”

स्कटिस इतिहासकार एवं नेपालभित्र वैज्ञानिक अनुसन्धान गर्ने पहिलो विदेशी अन्वेषकका रुपमा परिचित फ्रान्सिस बुकानन–ह्यामिल्टनले आफ्नो सन् १८१९ मा प्रकाशित कृति ‘एन अकाउन्ट अफ द किङ्गडम अफ नेपाल’ मा लुम्बिनी नजिक रहेका यी भूभागको पुरातात्विक महत्वबारे चर्चा गर्नुभएको छ ।

फ्रान्सिस बुकाननकोे भ्रमणले नेपालका बौद्धस्थलहरूको अव्यवस्थित पहिचान गर्न ठूलो योगदान पुर्‍याएको बौद्ध अध्येता भोला गुप्ताले बताउनुभयो । गुप्ताका अनुसार, “बुकाननको किताबमा छापिएको नक्साले मर्चवार क्षेत्रलाई बुद्ध मावलीको रूपमा स्थापित गर्ने वैज्ञानिक अनुसन्धानको जग बसालेको छ ।”

पुस्तकमा समावेश नेपालको नक्सा मेजर चाल्र्स क्रफोर्डद्वारा तयार पारिएको हो । बुकाननले आफ्नो यात्रा र स्थानीय सूचनाका आधारमा त्यसमा महत्वपूर्ण जानकारीहरू थपेको बताउनुभएको छ । यो नै नेपालको पहिलो वैज्ञानिक नक्सामध्ये एक मानिन्छ । पुस्तकको दोस्रो भागको ‘सेक्सन १: अफ द टेरिटोरिज सिचुएटेड टु द इस्ट अफ द रिभर काली’ मा यी स्थलहरूबारे चर्चा पाइन्छ ।

बुद्धकालीन सम्पदास्थलहरूको पहिचानमा निकै योगदान पुर्‍याउनुभएका भारतीय लेखक डा विजय श्रीवास्तवले ‘कपिलवस्तु–लुम्बिनी दिग्दर्शन’ ९१९५४० पृष्ठ ३१ मा लेख्नुभएको छ, “लुम्बिनी नगरबाट ११ मील पूर्वमा रहेको अमकोहिलनगर नै प्राचीन देवदह ९कोलियग्राम० हुनसक्छ ।” उहाँका अनुसार लुम्बिनी आसपासको भूगोलमा बुद्धकालीन संरचना र सभ्यताका अवशेष अझै पनि माटोमुनि लुकेका छन् ।

“लुम्बिनीबाट अमकोहिल जाने सडकले मेक्सोन नामक लुम्बिनी अधिनस्त एक सहरको सामुन्नेबाट कोहान नदीलाई पार गर्दछ”, डा श्रीवास्तवद्वारा लिखित ‘कपिलवस्तु–लुम्बिनी दिग्दर्शन’ मा उल्लेख छ । वर्तमान दानव ९बुद्धकालीन रोहिणी० खोलाको कटान र भेलसँगै भारततर्फ बगिरहेको अमहवा–निपनिया नै तत्कालीन मेक्सोनसहर भएको स्थानीयको दाबी डा श्रीवास्तवको यो तथ्यसँग मिल्दोजुल्दो छ ।

बुद्धभूमिको इतिहासलाई चिनाउने पहिलो साक्षी १६ सय वर्षअघि नेपाल आउनुभएका चिनियाँ बौद्ध तीर्थयात्री फाहियान हुनुहुन्छ । फाहियानले आफ्नो यात्रा विवरण ‘फो क्वो कि’ ९ए रेकर्ड आफ बुद्धिष्टिक किङ्डम० मा ती सबै धार्मिकस्थलहरुको उल्लेख गर्नुभएको छ । यस कारण मर्चवार क्षेत्रका प्राचीनस्थलको पुरातात्विक उत्खननले नवीन ऐतिहासिक तथ्य उजागर गर्ने सम्भावना अत्यधिक छ ।

“ऐतिहासिक दस्तावेज, स्थानीय किंवदन्ती र पुरातात्विक प्रमाणहरूले मर्चवार क्षेत्रलाई ‘बुद्ध मावली’ का रूपमा पुष्टि गर्छ । यहाँका प्राचीन भग्नावशेष, स्तुप र देव निर्मित सगरा महत्वपूर्ण प्रमाण हुन् । यहाँको ऐतिहासिकता केवल किम्बदन्तीबाट होइन, पुराना यात्रु वृतान्त र हालसम्म भएका पुरातात्विक उत्खनन ९खुदाइ० को प्रमाणले पनि पुष्टि गर्दछ”, स्थानीय बौद्ध भिक्षु धम्म शिद्धीले भन्नुभयो ।

लुम्बिनीका स्थानीय बौद्ध भिक्षु विवेकान्द पाण्डेयका अनुसार, दानव र दण्डा खोलाको मध्य मर्चवारमा बुद्ध मावली एवं प्राचीन अमकोहिल नगर ९देवदह० अवस्थित छ । “यहाँका बस्तीहरु बुद्धकालीन सभ्यता र संस्कृतिका प्रमाण हुन्”, उहाँले भन्नुभयो, “कोलियहरु कृषिप्रधान सभ्यता, संस्कृति र धार्मिक मान्यता बोकेका समुदाय भएकाले यहाँका कृषियोग्य भूमिहरु र सिँचाइ प्रणाली अहिले पनि प्रख्यात छन् ।”

स्कटिस भाषाविद्, मिसनरी, साइनोलोजिस्ट र अनुवादक जेम्स लेग्गे, जो शास्त्रीय चिनियाँ ग्रन्थहरूको अङ्ग्रेजीमा प्रारम्भिक अनुवादकका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको चिनियाँ बौद्ध तीर्थयात्री फाहियानद्वारा लिखित द फाहियान्स रेकर्ड आफ बुद्धिष्टिक किङ्डम र बुकाननको नक्साले अमवा नै मायादेवीको जन्मस्थल देवदह भएको सम्भावनालाइ पुष्टि गर्दछ ।

मर्चवारी गाउँकार्यपालिका रामसुमेर ठाकुरका अनुसार मर्चवारी गाउँपालिका–२ स्थित ऐतिहासिक अमवा गाउँ, सगरा नामले प्रसिद्ध देव निर्मित प्राचीन पोखरी, महिषासुर मर्दनी स्तुपा, मकुनगढकी समयमाई, देउरवा स्तुपालगायतका बुद्धकालीन सभ्यता र सांस्कृतिक धरोहर अपार दैविक शक्ति भएका ऐतिहासिक स्मृति खोजीका केन्द्र हुन् । ठाकुरले भन्नुभयो, “पहिला मध्यरातमा धातुको घैँटामा सिक्का ठोक्किएको आवाज सुनिन्थ्यो र देवी–देवताहरुले नृत्य गरेको देखिन्थ्यो भन्ने मान्यता छ ।”

पहिला–पहिला केही व्यक्तिले त्यहाँबाट चाँदीका सिक्का फेला पार्दथे । एक समयमा देउरवा स्तुपालाई खेतीका लागि खनेर सम्याउन खोज्दा त्यहाँ मौरी, कालो बारुलो, बिच्छी र ठूला विषधारी सर्पहरुको झुण्ड देखा परेपछि स्थानीयले खन्ने काम रोकेर भागेको मान्यता छ ।

शाक्य वंशका सिद्धार्थ गौतमकी आमा मायादेवी, सानीमा प्रजापति गौतमी र श्रीमती यशोधराको जन्म यही अमकोहिल नगरमा भएको विश्वास छ । बौद्ध ग्रन्थअनुसार शाक्य राजा शुद्धोधन र कोलीय नरेश सुपबुद्ध ९देवदहका राजा० बीच वैवाहिक सम्बन्ध थियो । शुद्धोधनले सुपबुद्धकी छोरी मायादेवीसँग विवाह गर्नुभएको थियो । पालि ग्रन्थ अपदान, थेरगाथा र महावंशमा देवदहको उल्लेख पाइन्छ ।

भारतीय बौद्धविद् तथा इतिहासकार एके नारायणले देवदहको ऐतिहासिक महत्व र सम्भावित पहिचानबारे केही महत्वपूर्ण टिप्पणी गर्नुभएको छ । विशेषत: कोलीय जनपद, देवदह र बुद्धको मावली पक्षसँग सम्बन्धित सन्दर्भहरूमा उहाँको विश्लेषण आधारित छ । उहाँको प्रसिद्ध कृत्ति “द इण्डो–ग्रीक्स” ९१९५७० लगायत अन्य लेखहरूमा पनि बुद्धकालीन स्थलहरूको ऐतिहासिक समीक्षा गरिएको छ ।

बौद्ध साहित्यमा स्नातक गर्नुभएका बौद्ध विद्वान मेघनाथ आचार्यको विचारमा: देवदह, बुद्धको मातृ वंशभूमि मात्र होइन, कपिलवस्तुको राजनीतिक र आध्यात्मिक समकक्ष पनि थियो । शाक्य र कोलीयबीचको बारम्बारको अन्तरक्रिया र अन्तरविवाहले बौद्ध परम्परामा यसको भूमिकालाई थप सुदृढ बनाएको छ । उहाँले भन्नुभयो, “त्यो ऐतिहासिक भूमि मर्चवारी–२ अमवा नै हो, जो कनिङघमले लेखेअनुसार लुम्बिनीबाट ११ मील र रोहणी नजिकैको बिन्दु पिपरहवा घाटबाट ३ मील पूर्वमा छ ।”

बुद्धको मावली दाबी गरिएको मर्चवारी गाउँपालिका पुरातात्विक दृष्टिले निकै सम्भावनायुक्त क्षेत्र भएको लुम्बिनी विकास कोष पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको भनाइ छ । उहाँले भन्नुभयो, “विभिन्न इतिहासकार, बौद्धविद् र अनुसन्धानकर्ताबाट प्रस्तुत प्रमाण, किंवदन्ती, भूगोल र साहित्यिक सन्दर्भहरूले यो क्षेत्रलाई प्राचीन देवदह ९कोलियग्राम० को सम्भावित अवशेष क्षेत्रको सङ्केत गरेको छ ।”

लुम्बिनी विकास कोषले यस क्षेत्रका बारेमा प्राप्त भएका दस्तावेज र स्थलगत सूचनाहरूको प्रारम्भिक समीक्षात्मक अध्ययन गरेको छ । यस्ता स्थलहरूको वैज्ञानिक अनुसन्धान र प्रमाणित उत्खननका लागि विधिवत् प्रक्रिया, स्रोतसाधन र अन्तरसंस्थागत समन्वय आवश्यक रहेको उप्रेतीले बताउनुभयो । उहाँका अनुसार यी स्थानमा व्यवस्थित सर्वेक्षण, जिओ–स्पेसियल म्यापिङ र परीक्षण खुदाइ ९ट्रायल एक्स्काभेसन० आवश्यक छ । लुम्बिनी क्षेत्रका यस्ता सम्भावित सम्पदास्थलहरूको पहिचान, वर्गीकरण एवं संरक्षणका लागि योजनागत रूपमा अगाडि बढ्नुपर्ने उहाँको जोड छ ।

“नेपाल सरकार, स्थानीय तह, लुम्बिनी विकास कोष, पुरातत्व विभाग र विज्ञहरूसँग सहकार्य गर्दै हामी यस्ता ऐतिहासिकस्थलहरूको प्रमाणिकता पुष्टि गर्न र आवश्यक संरक्षणका कार्य थालनी गर्न गम्भीर छौँ”, उहाँले भन्नुभयो, “यसले न केवल नेपालको बौद्ध–धार्मिक इतिहासलाई उजागर गर्छ, तर लुम्बिनी क्षेत्रलाई समेट्ने समग्र बुद्धमार्ग ९बुद्ध सर्किट० को सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउछ ।”

कोलियनगर अमवाको पुरातात्विक महत्वबारे स्थानीय निकाय र केही सामाजिक संस्थाले प्रचारप्रसार गरे व्यवस्थित अनुसन्धान र संरक्षण हुन नसकेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो धार्मिक दृष्टिले मात्र नभई नेपालकै गौरवका रूपमा विकास गर्न सकिने सम्भावना बोकेको क्षेत्र हो । यसको संरक्षणसँगै पुरातात्विक खोज र अनुसन्धान हुन जरुरी छ ।”

संयोजक खाँका अनुसार देउरवा स्तुप, जलदुर्गको चौघेरामा रहेकाले कोलीय राजधानी रामग्राम जस्तै देखिन्छ । यहाँ पूर्व–दक्षिणतर्फ दण्डपाडी ऋषिको नामले अलङ्कृत दण्डा खोला, उत्तरबाट हगनी नाला र पश्चिम किनाराबाट गैडहवा नालाले घेरेर एक मात्र स्थल निकास लुम्बिनीतर्फ फर्केको उहाँको भनाइ छ ।

बुद्ध मावली मानिएको यस क्षेत्रमा व्यवस्थित उत्खनन, प्रमाणीकरण र पर्यटन प्रवर्द्धन गर्न सकिए, स्थानीयस्तरमा रोजगारी र आयआर्जन बढाउनुका साथै यसले विश्वसामु नेपालको ऐतिहासिक गौरवलाई थप उजागर गर्ने प्राय: निश्चित रहेको गाउपालिका अध्यक्ष गयाप्रसाद बरइले बताउनुभयो ।

रामविकास चौधरी/रासस