१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष लिङदेनले भेटे रविलाई, के भयो कुरा ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट गर्नुभएको छ ।

रुपन्देही ३को उपनिर्वाचनका सन्दर्भमा आयोजित क्षेत्रिय कार्यकर्ता भेलामा सहभागी हुन भैरहवा पुग्नु भएका लिङदेनले कारागार पुगेर रविलाई भेट गर्नुभएको ।

भेट पछि लिङदेनले सामाजिक संञ्जालमा लेख्नु भएको छ ।

आज दोस्रो पटक भैरहवा कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरें। भेटमा सन्चो बिसन्चो, राष्ट्रिय राजनीति, संसदको गतिविधि, रुपन्देहीमा हुने उपनिर्वाचन लगायत विविध पक्षमा कुराकानी भयो।

देशको एउटा महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको छ।

भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त छ। गृहमन्त्री #Rameshlekhakको ध्यान आकर्षण गर्न चाहन्छु उहाँलाई तत्काल काठमाडौँ सार्न उपयुक्त हुन्छ।