२१ मंसिर २०८२, आईतवार
,
Latest
आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच गए रातिबाट सुरु भएको छ ।

बोडेमा मनाइने नीलबाराही नाच गाईजात्राको भोलिपल्टको मध्यरातिबाट बोडेको अखा द्यों छेँ अर्थात् देवता घरबाट सुरु भई रातभर सहरका विभिन्न चोक एवं टोलमा नाचिरहेको र स्थानीयले पूजा गरिरहेको मध्यपुरथिमि नगरपालिका–८ बोडेका वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठले जानकारी दिनुभयो ।

मध्यरातिबाट सुरु भएको नाचपछि भोलिपल्टको बिहान टोलवासीको पूजा गर्नेको घुइँचो लाग्ने गर्छ । बिहान नीलबाराही नाचका सबै देवगणलाई स्थानीयले पूजा गर्ने गर्छन् । यो क्रम चार रात र बिहान चल्ने गर्छ । नीलबाराही देवीको तान्त्रिक शक्तिका आधारमा यो नाच नाच्ने र दवगणहरूलाई देवीको शक्ति प्राप्त हुने जनविश्वास रहँदै आएको छ ।

त्यसैगरी मध्यपुरथिमि–७ नगदेशमा १२ वर्षपछि गए रातिबाट तान्त्रिक शक्ति रहेको भैल: प्याखँ (भैरव नाच) प्रदर्शन भइरहेको छ । गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया)देखि पञ्चमीसम्म चार रात मध्यपुरथिमिमा भैरव नाच प्रदर्शन हुनेछ ।

भैल: प्याखँमा न्हापाँ र लिपाँ गरी दुई जना भैल:, न्हापाँ र लिपाँ गरी दुई जना दाँगी र एक जनाज्यापुंगको भेषमा नाचिन्छ भने धाँ, मुहालीलगायतका बाद्यवाधक एवं सहयोगीसमेत गरी एक सय जनाको समूह सक्रिय रूपमा सहभागी भइरहेका छन् ।

श्री नगदेश ऐतिहासिक सांस्कृतिक भैल: पुच:ले आयोजना गरेको भैल: प्याखँमा यस वर्ष नगदेशका विभिन्न क्षेत्रमा र टोलमा भैरव नाच प्रदर्शन गरिन्छ । चार रातसम्म भैरवका विभिन्न देवगणहरूलाई तान्त्रिक शक्ति प्राप्त गरी नाच प्रदर्शन गरिन्छ ।

त्यसैगरी गए रातिबाट मध्यपुरथिमि –५ पोबुटालबाट सलचा प्याँख अर्थात् घोडा नाच प्रदर्शन गरिएको छ । चार रातसम्म प्रदर्शन हुने यो नाच भुलाखेल, द्धिगुटोल, बालकुमारी, चपाचालगायत क्षेत्रमा प्रदर्शन हुनेछ । मध्यपुरथिमिका तीन ठूला सहरमा रातभर चार दिनसम्म विभिन्न देवीदेवताको नाच चलिरहनेछ । रासस