७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर
अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलीमिली भएको छ । पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व–पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलीमिली बनेको हो ।

नगर प्रवक्ता पदमराज अवस्थीले उज्यालो भीमदत्त बनाउने अभियानअनुसार पालिकाले पूर्व–पश्चिम राजमार्गमा एक सय १५ वटा सडकबत्ती जडान गरेको जानकारी दिनुभयो । “पहिलो चरणमा पूर्वपश्चिम राजमार्गको भासीबाट महेन्द्रनगर बजारसम्म एक सय १५ वटा सौर्यबत्ती जडान गरिएका छन्”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा राजमार्गको गड्डाचौकीसम्म जडान गर्नेछौँ ।”

प्रवक्ता अवस्थीले भीमदत्तलाई उज्यालो नगर बनाउने लक्ष्यअनुसार पालिकाले १९ वटै वडामा सडक सौर्यबत्ती जडान गर्ने तयारी गरेको बताउनुभयो । उक्त सौर्यबत्ती जडानका लागि रु ६९ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको थियो ।

पालिकाले दोस्रो चरणमा रु २२ लाख ८२ हजार ४२० मा ठेक्का सम्झौता गरेको छ । जसअन्तर्गत गड्डाचौकीबाट भुजेलासम्म ३० वटा सडकबत्ती जडान भइसकेका नगरपालिकाले जनाएको छ । नागरिकको सहजताका लागि राजमार्गको दुवैतर्फ सडकमा सौर्यबत्ती जडान गरिएकोे उहाँले बताउनुभयो ।

एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगर बजारलाई आधुनिकीकरण गरिएका हो । आयोजनाको पहिलो चरणअन्तर्गत रु एक अर्ब लागानीमा आधुनिक सडक निर्माणसँगै नगर क्षेत्रमा ‘हाइमास्टलाइट’ जडान गरिएको नगरका सब–इञ्जिनियर पवन लेखकले जानकारी दिनुभयो ।

“नगरका मुख्य सडकमा ७७६ वटा लाइट जडान भएका छन्”, उहाँले भन्नुभयो, “बजारमा मात्रै आठ वटा हाइमास्टलाइट जडान गरिएका छन् ।” उहाँले बजार सौन्र्दयीकरणका लागि गल्लीमा रहेका बिजुलीका खम्बा र टेलिफोनका तार गल्लीको पछाडि भागमा व्यवस्थित गर्न लागिएको बताउनुभयो ।

राजमार्गसहित नगरका क्षेत्रमा बत्ती जडान भएपछि बिहानको समयमा क्याम्पस जाने विद्यार्थीलाई सहज भएको स्थानीय बताउँछन् । “सडकमा अध्याँरो हुँदा आवतजावत समस्या हुन्थ्यो, बत्ती जडान भएपछि सहज भएको छ”, स्थानीय गणेश भट्टले भन्नुभयो, “एक पटक जडान भएको बत्ती बिग्रेपछि बनाउन पालिकाले ध्यान दिनुपर्छ ।”

उहाँले सडकबत्तीले यहाँका नागरिकलाई रातिको समयमा आवागमनमा सहज भएको उल्लेख गर्नुभयो । राजमार्ग क्षेत्रमा सडकबत्तीले झिलिमिली भएपछि विद्यार्थी र सवारीसाधनलाई यात्रा गर्न सहज हुनुका साथै दुर्घटनाको जोखिम कम भएको स्थानीय बताउँछन् । रासस