७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

रोकिएन कालीगण्डकी दोहन

रोकिएन कालीगण्डकी दोहन
अ+ अ-

गलकोट, (बागलुङ) । बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ । गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ ।

कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ । स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले नदीजन्य पदार्थको मध्यरातमा समेत दोहन गरिरहेका छन् ।

शनिबार राति ९ बजे सहस्रधारा क्षेत्रको भाटेखोला बगरमा कालीगण्डकीको दोहोन भइरहको थियो । एउटा स्काभेटरले कालीगण्डकीबाट बालुवा निकाल्दै थियो भने पाँच वटा टिपरले बालुवा बोकेर लैजाँदै थिए । बागलुङको भाटेखोला बगर मात्रै हैन एक दर्जन स्थानबाट अहिले नदीजन्य पदार्थको दोहन गरेर नदी छेउमै भण्डारण गरिएको देख्न सकिन्छ ।

बर्खाको समयमा उर्लेको कालीगण्डकीले ल्याउने बालुवा अबैद्ध रुपमा सङ्कलन गरी हिउँदभरी उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्दै आइरहेका छन् । नदीजन्य पदार्थ रातिमा सङ्कलन गरिरहेका स्थानीय बताउँछन् ।

अहिले दोहन भइरहेको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ र भाटेखोला–१३ नम्बर वडाको कालाखोला बगरलगायत स्थानमा दोहन भइरहेको कालीगण्डकी बचाउ अभियानका संयोजक आरके अदिप्त गिरीले बताउनुभयो । अवैध नदी दोहान भइरहँदा स्थानीय सरकारले कडाइ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

म्याग्दी, पर्वत र बागलुङ भएर बग्ने पवित्र कालीगण्डकी दोहोनले शालग्राम शिलासमेत सङ्कटमा परिसकेका गिरीले उल्लेख गर्नुभयो । पर्वत खण्डमा नदीजन्य पदार्थको बढी दोहोन भइरहेको छ भने बागलुङतर्फको सहस्रधारा पारीको भाटेखोला, खनियाघाट र दब्ल्याङ क्षेत्रमा दोहन भइरहेको उहाँको भनाइ छ ।

असारदेखि भदौ १५ गतेसम्म दोहन गर्न नपाइने कानुनी व्यवस्था भए पनि मध्यबर्खामा नदीजन्य पदार्थ सञ्चित गर्ने समयमा कालीगण्डकी नदीको दोहन भइरहँदा स्थानीय तह, प्रशासन र जिल्ला समन्वय समिति एकले अर्कालाई दोष दिएर पन्छने गरेका गिरीले बताउनुभयो ।

नदी दोहन रोक्नका लागि पटकपटक नागरिकस्तरबाट भइरहेका प्रयासलाई सम्बन्धित निकायले बेवास्ता गरेका उहाँको भनाइ छ । उहाँका अनुसार प्रहरी प्रशासन र स्थानीय तहको मौनताका कारण दोहनले प्रश्रय पाइरहेको हो ।

“प्रहरी प्रशासनको मिलेमतोबिना दोहन सम्भव छैन, मालढुङ्गामा प्रहरी छ, नजिकै दोहान भइरहेको छ”, गिरीले भन्नुभयो, “गण्डकी सभ्यता जोगाउन कालीगण्डकीलाई दोहनमुक्त बनाएर संरक्षणको सूचीमा राखौँ ।” दोहनलाई प्रश्रय दिँदा कालाखोला बगर कटान भइसकेको छ भने स्थानीय निकायको राजस्व गुमिरहेको छ ।

कालीगण्डकीको बीच भागबाट नदी दोहन भइरहँदासमेत बागलुङ र पर्वत जिल्लाका सरोकार भएका निकायले कुनै चासो नदिएका गिरीले गुनासो गर्नुभयो । ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार नदी तथा खोला किनारबाट ५०० मिटर टाढा मात्रै ढुङ्गा, गिटी, बालुवा उत्खनन गर्न पाइने व्यवस्था भए पनि नदीको बीच भागबाटै दोहन भइरहेको उहाँको भनाइ छ ।

गिरीले सभ्यताको सूचक मानिने कालीगण्डकी नदी नासिनु भनेको हाम्रो मानव सभ्यता नासिनु जस्तै हो भन्नुभयो । पारिस्तिथिक प्रणाली खल्बलाउनु र प्राकृतिक सम्पदा नास्ने अधिकार कोही कसैलाई नभएको बताउँदै गिरीले कालीगण्डकी नदी सभ्यता बचाउन सबैले राज्यतहलाई जनदबाब र पैरवी गर्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।

नियमविपरीत नदी दोहन जारी राख्दा बागलुङ नगरपालिका–१ स्थित माझी बस्ती, मालढुङ्गा तथा कालाखोला बगर क्षेत्रका घर बाढीको उच्च जोखिममा पर्न थालेका छन् ।

नदीजन्य पदार्थको सुरक्षाका लागि प्रहरी परिचालन भए पनि दोहन रोक्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारती स्वीकार्नभयो । स्थानीय तहले ठेक्का लगाउन नसक्ने, राजस्व गुम्ने डरलगायत कारणले दोहन नरोकिएको बताउँदै उहाँले नयाँ रणनीति बनाएर नदी दोहन भइरहेको स्थानमा सादा पोषाकमा प्रहरी परिचालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।  रासस