२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु



अ+ अ-

सप्तरी। हुलाकी सड्क खण्डअन्र्तगत यहाँको बलानविहुल गाउँपालिका–६ शेहरा चोकमा आज मोटरसाइकल दुर्घटना हँुदा एक महिलाको मृत्यु भएको छ ।

बलान बिहुल गाउँपालिका–२ दिघिया टोल बस्ने ३० वर्षीया शान्तिकुमारी यादवको मृत्यु भएको हो । शान्तिका देवर गयाप्रसाद यादवले चलाएको ‘अन टेस्ट’ मोटरसाइकलमा तीन वर्षीय छोरा समेत सवार थिए । उनीहरु बोदे बर्साइनबाट चन्हीतर्फ जाँदै थिए ।

सोही क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गयाप्रसादका तीन वर्षीय छोरा आदित्यसहित सबै घाइते भएका थिए ।

उनीहरुलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज पठाइएको थियो । शान्तिदेवीको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताउनुभयो ।

चालक यादव तीन वर्षीय छोरा आदित्यलाई समेत लिई एम्बुलेन्सबाटै फरार भएको प्रहरीले जनाएको छ । आजै शम्भुनाथ नगरपालिकामा भएको दुर्घटनामा एक युवकको ज्यान गएको थियो भने एक दम्पती घाइते भएका थिए । रासस