काठमाडौं। चर्चित तथा ब्यस्त मोडेल रेशम नेप्किङको अभिनयमा तयार गरिएको म्युजिक भिडियो ‘बाजि कस्ले जित्छ’ सोमबार साँझ ४ बजे रेशम नेप्किङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
यो गीतका शब्द र संगीत ऋषि खड्काले लेखेका हुन् भने निर्देशन तथा कोरियोग्राफीको जिम्मा बिक्रम चौहानले सम्हालेका छन्। गीतमा चर्चित गायक शिव संगीत र गायिका रेश्मा पुनको सुमधुर स्वर सुन्न सकिन्छ।
भिडियोमा कर्णालीले जन्माएको चर्चित मोडेल रेशम नेप्किङसँगै प्रमिता राजघतानेको दमदार अभिनय देख्न पाइन्छ। दर्शक र संगीतप्रेमीहरूबीच भिडियो निकै लोकप्रिय हुने अनुमान गरिएको छ।
सार्वजनिक भिडियोबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रेशम नेप्किङले लेखेका छन्।










