२ श्रावण २०८३, शनिबार
,
Latest
मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षित वन्यजन्तु सालकको खपेटासहित २ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) सहित २ जनालाई कोटेश्वर क्षेत्रबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भोजपुर राम प्रसाद राई गाउँपालिका–४ लाखुरे बस्ने ४० वर्षीय रुक्मण बहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ गाउँपालिका–८ टोखा बस्ने २७ वर्षीय भबिन्द्र बहादुर मगर रहेका छन् ।    

कोटेश्वर क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई १ किलो ५ सय ग्राम तौल भएको उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाईएको उक्त ब्यूरोले जनाएको छ ।