काठमाडौंः हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तीन दिनको मौसमी विवरण सार्वजनिक गर्दै महाशाखाले हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको बताएको छ ।
आज बुधबार राती देशभर सामान्य बदली रहने, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्य बदली रहने तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै बिहीबार राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी तथा तराइका थोरै भू(भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार दिउँसो प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १ र २ का एकदुई स्थानमा र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
शुक्रबार राती प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १ र २ का एकदुई स्थानमा र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।











