१६ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा एक युवकको मृत्यु, दम्पत्ति घाइते



अ+ अ-

राजविराज । सप्तरीमा भएको सवारी दुर्घटनामा आज एक युवकको मृत्यु भएको छ भने एक दम्पत्ति घाइते भएका छन् ।

जिल्लाको शम्भुनाथ नगरपालिका–८ पोखरियास्थित भित्री सडकखण्डमा टेम्पु रिक्सा र मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ कनकपटी बस्ने अन्दाजी २४ वर्षीयका अजयकुमार चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । गम्भीर घाइते भएका उहाँलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा टेम्पु चालक शम्भुनाथ नगरपालिका–८ पोखरिया बस्ने ४५ वर्षीय मणिलाल मण्डल र उहाँकी ४० वर्षीया पत्नी आशादेवी मण्डल घाइते भएको प्रहरीको भनाइ छ । उहाँहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ नम्बरको टेम्पु रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ५७३३ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको थियो ।