२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

धेरै मुद्दा फर्स्योट गर्ने न्यायाधीश घिमिरे सम्मानित



अ+ अ-

वीरगञ्ज, (पर्सा) । पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/ ८२ मा सात हजार दुई सय ४४ वटा मुद्दा फर्स्योट गरेको छ । अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कूल १२ हजार छ सय ३५ मुद्दामध्ये ५७ दशमलव ३३ प्रतिशत मुद्दा फर्स्योट गरेको हो ।

न्यायाधीश दीपक खनालले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पर्सा अदालतको मुद्दा फर्स्योटको प्रतिशतमा वृद्धि भएको जानकारी दिनुभयो । ‘‘पर्सा जिल्ला अदालतले अघिल्लो आवमा भने ५७ प्रतिशत मुद्दा फर्स्योटगरेको थियो । गत आर्थिक वर्षमा भएको मुद्दाको फछ्र्यौट प्रगति उन्मुख देखिएको छ,’’ उहाँले भन्नुभयो,‘‘मुद्दा फछ्र्यौटमा अदालतको मात्रै एकल भूमिका नभएर अन्य सरोकारवाला निकायको पनि भूमिका महत्वपूर्ण हुने गर्छ ।’’

अघिल्लो आवबाट जिम्मेवारी सरेका छ हजार ९२ र गत आवमा नयाँ दर्ता भएका मुद्दा सङ्ख्या भने छ हजार पाँच सय ४३ छन् । त्यस्तै अदालतमा १८ महिना नाघेका मुद्दाको सङ्ख्या तीन सय ६७ र दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या भने तीन सय ३४ रहेका छन् । न्यायाधीश नन्दकिशोरप्रसाद यादवले अदालतले पनि न्यायापालिकाको पञ्चवर्षीय रणनीतिक योजना अनुसार नै काम गर्दै आइरहेको जानकारी दिनुभयो ।

‘‘चालु आर्थिक वर्षमा गत आर्थिक वर्षबाट सरेर आएका र नयाँ दर्ता हुने गरी करिब १३ हजार चार सय ६८ मुद्दा दर्ता हुने लक्ष्य राखेका छौँ,’’ उहाँले भन्नुभयो,‘‘चालु आवमा लक्ष्यको ६६ प्रतिशत अर्थात आठ हजार आठ सय ३७ वटा मुद्दा फर्स्योट गर्ने लक्ष्य निर्धारण गरेका छौँ ।’’

अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले वार्षिक कार्ययोजना अनुसार नै लक्ष्य राखेर मुद्दाको फर्स्योट गर्ने योजना रहेको जानकारी दिनुभयो । अदालतमा ११ न्यायाधीश कार्यरत रहनुभएको छ । अदालतमा कार्यरत रहनुभएका ती न्यायाधीसमध्ये न्यायाधीश माधवप्रसाद घिमिरेले गत आवभरिमा नौ सय ८३ मुद्दा फछ्र्यौट गर्न सफल हुनुभएको छ । उहाँलाई आइतबार एक कार्यक्रमबीच दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

न्यायाधीश दीपक खनालले नौ सय ३९ मुद्दा फर्स्योट गर्नुभएको छ । न्यायाधीस नन्दकिशोरप्रसाद यादवले सात सय ६२, न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले छ सय ३०, न्यायाधीश प्रमेश पोखरेलले छ सय पाँच मुद्दा फर्स्योट गर्नुभएको छ । त्यस्तै न्यायाधीश उत्तम सिलवालले काठमाडौँ र पर्सामा गरी छ सय २४, न्यायाधीश उपेन्द्रकेशर खनालले सिरहा र पर्सामा गरी छ सय ५७ मुद्दा फछ्र्यौट गर्नुभएको छ । न्यायाधीश मोहन सुवेदीले पाँच सय ८४, न्यायाधीश मुकुन्द आचार्यले पाँच सय ३८, कमलकान्त जोशीले पाँच सय ६६, न्यायाधीस रुद्रप्रसाद सुवेदीले पाँच सय एक वटा मुद्दा वर्षभरिमा फछ्र्यौट गर्नुभएको छ । पर्सा जिल्ला अदालतले गत आव नौ सय ५६ वर्ष तीन महिना एक दिन कैद बराबरको जरिवानाको लगत फछ्र्यौट गरेको छ । जबकी गत आवसम्म तीन हजार पाँच सय ५८ वर्ष ११ महिना ६ दिन कैदको लगत रहेको थियो गत आवभरिमा प्रति न्यायाधीश आठ सय ४३ मुद्दा फर्स्योट गर्ने लक्ष्य तोकिएको थियो ।

न्यायाधीश खनालले अदालतले न्याय सम्पादन गर्दा अदालतको प्रक्रिया र कार्यविधिलाई आधार मानेर फैसला गर्ने बताउनुभयो ।