१३ श्रावण २०८३, बुधबार
,
Latest
उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह संसदीय सुनुवाइ समितिको बैठक बस्दै विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङ गोल्डकप : रेडस्टार झापा सेमिफाइनलमा



अ+ अ-

ताप्लेजुङ। ताप्लेजुङमा जारी तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा झापाको रेडस्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

रेडस्टारले पोखराको सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । झापाका लागि खेलको ७७औँ मिनेटमा सविनकुमार लुङ्गेलीले पहिलो गोल गरेका थिए । यस्तै खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत झापाकै सविनले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित उक्त प्रतियोगितामा सोमबार लेजेण्ड फुटबल एकेडेमी, सिलगुडी (भारत) र चर्च ब्वाइज ललितपुरबीच खेल हुने छ ।

शनिबार सम्पन्न उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित गर्दै इटहरीले सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।  प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । रासस