२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बित

ओमिक्रोन बढ्योः भारतमा कर्फ्यु, नेपालमा एक्सन प्लानको तयारी

ओमिक्रोन बढ्योः भारतमा कर्फ्यु, नेपालमा एक्सन प्लानको तयारी
अ अ+ अ-

काठमाडौँ । भारतमा केही हप्ता यतादेखि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बृद्धि जारी छ । भारतका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको बताएका छन् । केही दिनयता भारतको राजधानी नयाँ दिल्ली र महाराष्टका कतिपय सहरमा संक्रमण दर ५०० प्रतिशतसम्म बढेको पाइएको छ । 

पछिल्लो समयमा ओमिक्रोन बढेपछि दिल्लीमा साप्ताहिक सार्वजनिक बिदाका दुई दिन कफ्र्यु नै जारी गरिएको छ । यहाँ सप्ताहन्तमा चहलपहल नियन्त्रण गर्ने उद्देश्यले कर्फ्यु जारी गरिएको बताइएको छ । नयाँ दिल्ली सरकारले नयाँ वर्षका कार्यक्रमहरुमा त कटौती गरेकै थियो तर पछिल्लो समयमा हप्तामा दुई दिनजति कफ्र्यु नै घोषणा गर्नेमा सरकार पुगेको छ । उता नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई नै कोरोनाले छोएपछि घरैमा आइसोलेसनमा बसेका नयाँ दिल्लीका अधिकारीहरुले जनाएका छन् ।  

उता भारतमा ओमिक्रोनले सताएपछि यता नेपाल सरकारले पनि कोभिड–१९ को नयाँ भेरियन्ट फैलिन नदिन थप सतर्कताको तयारी गरेको बुझिएको छ । नेपाल सरकारले थप सतर्कता के कसरी अपनाउने भन्ने विषयमा परामर्श नै सुरु गरेको बुझिएको छ । 

यसअघि नै यही पुस ९ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओमिक्रोन भेरियन्ट फैलन नदिन थप सतर्कता अपनाउन स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र सबै स्थानीय तहलाई निर्देशन दिएको हो । त्यसमा थप निगरानी सुरु गर्ने तयारी सरकारले थालेको छ । 

नेपालमा कोरोनाको दोस्रो लहर पनि भारतका कारणले नै आएको थियो । दोस्रो लहरमा भारतमा संक्रमण उच्च बिन्दूमा पुगेको करिब ५० दिनपछि नेपालमा संक्रमितको सङ्ख्या बढेको थियो । यसरी जब भारतमा कोरोना संक्रमण दर बढ्दै जान्छ, तब सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्या पनि बढ्दै गएको अनुभव नेपालसँग छ । यतिखेर पनि समयमै सतर्कता नअपनाए खण्डमा नेपालमा पनि ढिलोचाँडो तेस्रो लहर आउने जनस्वास्थ्यविज्ञहरुले बताउन थालेका छन् । 

उनीहरुको सुझावका आधारमा नेपाल के कसरी अघि बढ्ने भन्ने बारेमा परामर्श थालिएको र यसका लागि पहिलो र दोस्रो लहरको अनुभवबाट थप एक्सन प्लान बनाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यो एक्सन प्लानमा लकडाउन नहुने र त्यसबाहेकका अरु काम कारबाही हुने पनि ती अधिकारीले जनाए ।