१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भ्वाइस किड्स’को उपाधि सोनालीलाई



अ+ अ-

काठमाडौं । ‘भ्वाइस किड्स’ को उपाधि सोनाली राजभण्डारीले जितेकी छन् । शनिबार आयोजित चौथो सिजनको ग्रान्ड फिनालेमा सोनालीले उपाधि जितेकी हुन् । उनी कोच मेलिना राईको टिमकी हुन् ।

प्रतियोगितामा सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा विजेता सोनालीले १० लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरिन् ।

उपाधिका लागि फिनालेमा ८ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा कोच खेम सेन्चुरीको समूहबाट दिलिजा रुवाली र आदर्श धिताल फाइनलिस्ट थिए ।

कोच मेलिना राईको समूहबाट सोनाली र नोरेन लोय क्षेत्री, कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाइँले प्रतिस्पर्धा गरे । कोच मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु फाइनलिस्ट थिए ।