७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

सिप हस्तान्तरण नहुँदा हराउँदै  जनै बनाउने चलन

सिप हस्तान्तरण नहुँदा हराउँदै  जनै बनाउने चलन
अ+ अ-

मध्यविन्दु, (नवलपरासी) । नयाँ पुस्तामा सिप हस्तान्तरण नहुँदा हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन हराउँदै जान थालेको छ । हिजो आज जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गए पछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ ।

युवापुस्ता रोजगारी तथा अन्यकार्यमा व्यस्त रहने हुँदा पनि जनै तयार पार्ने सिप सिक्न नसक्दा अहिले यो सिप नै लोप हुने अवस्थामा पुगेको हो । युवापुस्ताले जनै बनाउनेकार्यमा चासो नदिने तथा सुलभ मूल्यमा बजारमा जनै पाइने भएकाले यो क्रम हराउँदै गएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–६ का पूर्ण भुसालले बताउनुभयो ।

“अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सिप नहुँदा हिजो आज यो क्रम हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “आफँैले बनाउनुभन्दा बजारमा किन्न सजिलो हुने भएपछि सबैले त्यसै गर्न थालेका छन् ।”

केही वर्ष अगाडिसम्म जनै बनाएर आफन्तलाई पनि दिने गरेको भएता पनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको मध्यविन्दु नगरपालिका–७ का मणि सापकोटाले बताउनुभयो ।

“आजकाल अधिकांश युवा विदेश छन्, भएका पनि रोजगारीमा लागेका छन् । फुर्सद् नहुँदा नयाँ युवाले जैनै बनाउने सिप नै सिक्न छाडे”, उहाँले भन्नुभयो, “अधिकांश गाउँघरमा युवा पुस्ताभन्दा वृद्ध वृद्धा र महिला बालबालिका मात्र हुँदा पनि जनै बनाउने मान्छे पनि नभएर यो सिप हराउँदै गयो ।”

गाउँमा अहिले जनै बाट्नै छाडिसकेको सापकोटाले बताउनुभयो । जनै पूर्णिमाको लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उहाँले बताउनुभयो । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरकफरक मूल्यमा उपलब्ध हुने गरेका छन् । नयाँ जनै फेर्नुपर्ने हिन्दु संस्कारमा रहिआएको मान्यताअनुसार जनै पूर्णिमाको लागि जनैको कारोबार पनि ठुलै हुने गरेको पाइन्छ ।

विगतका वर्षमा  गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिले एक महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो जनै नै उत्कृष्ट जनै रहने गरेको पण्डित इन्द्रप्रसाद गौडेलले बताउनुभयो ।

“आफ्नै हातले धागो सङ्ग्ल्याएर, कतुवामा बाटेको जनै नै राम्रो हो, हिजो आज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो” उहाँले भन्नुभयो “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावटी राम्रो र उपयुक्त हुँदैन ।”

पछिल्लो समय हिन्दु धर्मावलम्बीको पवित्र पर्वको रूपमा मनाइने जनपूर्णिमाको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको पण्डित गौडेलले गुनासो गर्नुभयो ।

“रक्षा बन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भएता पनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “आधुनिकताको नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।”

जनै पूर्णिमा (रक्षा बन्धन)का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षा बन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रही आएको छ । “तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्त ऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ”, पण्डित गौडेलले भन्नुभयो, “हिन्दु धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रो उच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षा बन्धन लगाएर जनै पूर्णिमा पर्व मनाउने परम्परा रही आएको छ ।” रासस