७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

एलएलडिसीको तेस्रो सम्मेलन : नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड

एलएलडिसीको तेस्रो सम्मेलन : नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड
अ+ अ-

काठमाडौँ । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको तर्फबाट आपसी सहयोग र साझेदारी विस्तारमा जोड दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गरी आज स्वदेश फर्कनुभएपछि परराष्ट्र मन्त्रालयले सूचना तथा प्रसारण विभागको सहयोगमा आयोजना गरेको पत्रकार सम्मेलनमा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूलाई विकास साझेदारहरुले थप सहयोग गर्नुपर्नेमा नेपालजस्ता देशले आवाज उठाएको जानकारी गराइयो ।

सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलका नेता प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित मुलुकको विकास र समृद्धिका लागि भूपरिवेष्टितबाट भूजडित, पारवहन निर्भरबाट व्यापार प्रतिष्पर्धी र जलवायु सङ्कटापन्नबाट जलवायु प्रतिरोधी मुलुकका रूपमा रुपान्तरणका लागि आवाजा कार्यक्रम एउटा कोशेढुङ्गा सावित हुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो ।

स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेलवे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा, कोरिडोर निर्माणमार्फत् सीमापार सम्पर्क विस्तारमा नेपालले काम गरिरहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको उहाँले सुनाउनुभयो । प्रधानमन्त्री ओलीले नेपालको विकास यात्रामा थप सहयोग गर्न छिमेकी मुलुक, विकास साझेदार तथा दातृ निकायलाई आह्वानसमेत गर्नुभएको जानकारी पनि पत्रकार सम्मेलनमा गराइएको थियो । रासस