२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडा जान लागेका संगीतकार खेम सेन्चुरी विमानस्थलमै बिरामी



अ+ अ-

काठमाडौं। संगीतकार खेम सेन्चुरी बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडा उड्न लाग्दा अचानक बिरामी परेका छन्। बोर्डिङ पास लिएर जहाजको प्रतीक्षामा रहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।

विमानस्थलमा गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि चिकित्सकको सिफारिसमा सेन्चुरीलाई एम्बुलेन्समार्फत सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको परीक्षणमा उनको पेटमा पत्थरी (स्टोन) देखिएको पुष्टि भएको छ।

सेन्चुरीसँगै अस्पतालमा रहेका गीतकार नेत्र अर्याल र ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौड्यालले पनि उनलाई स्टोन देखिएको जनाएका छन्।

हाल सेन्चुरी केएमसी अस्पतालमा भर्ना छन् भने शुक्रबार बिहानसम्म थप परीक्षणको रिपोर्ट आएपछि आवश्यक उपचार अघि बढाइने जनाइएको छ।