१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडा जान लागेका संगीतकार खेम सेन्चुरी विमानस्थलमै बिरामी



अ+ अ-

काठमाडौं। संगीतकार खेम सेन्चुरी बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडा उड्न लाग्दा अचानक बिरामी परेका छन्। बोर्डिङ पास लिएर जहाजको प्रतीक्षामा रहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।

विमानस्थलमा गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि चिकित्सकको सिफारिसमा सेन्चुरीलाई एम्बुलेन्समार्फत सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको परीक्षणमा उनको पेटमा पत्थरी (स्टोन) देखिएको पुष्टि भएको छ।

सेन्चुरीसँगै अस्पतालमा रहेका गीतकार नेत्र अर्याल र ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौड्यालले पनि उनलाई स्टोन देखिएको जनाएका छन्।

हाल सेन्चुरी केएमसी अस्पतालमा भर्ना छन् भने शुक्रबार बिहानसम्म थप परीक्षणको रिपोर्ट आएपछि आवश्यक उपचार अघि बढाइने जनाइएको छ।