१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटकर आयुष सिंह ठकुरीविरुद्ध आमाले गाली–बेइज्जतीको मुद्दा दायर



अ+ अ-

काठमाडौं। लोकप्रिय टिकटकर आयुष सिंह ठकुरी र उनकी आमा नानु सिंह ठकुरीबीचको पारिवारिक विवाद अब अदालतको ढोकासम्म पुगेको छ।

नानु सिंह ठकुरीले छोरा आयुष र बुहारी अलिजे जमालीविरुद्ध गाली–बेइज्जती गरेको आरोप लगाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्। यो मुद्दा जेठ २५ गते दर्ता भइसकेको भए पनि आयुषले भने आफूहरुले हालसालै मात्र यसको जानकारी पाएको बताएका छन्।

“मलाई के आरोप लगाइएको हो ठ्याक्कै थाहा छैन, अहिले हामीबीच केही खास समस्या छैन, सायद पुरानै घटनाको विषय हो। मुद्दाको जिम्मा वकिललाई दिएको बताउँदै उनले  भने “मुद्दा परेको थाहा पाएपछि मैले पूरै प्रक्रिया मेरो वकिललाई सुम्पिएको छु।” तर वकिल पर्वतराज चापागाईंका अनुसार मुद्दा राम्ररी अध्ययन नभएकाले अहिले नै केही भन्न नसकिने अवस्था रहेको छ।