१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटकर आयुष सिंह ठकुरीविरुद्ध आमाले गाली–बेइज्जतीको मुद्दा दायर



अ+ अ-

काठमाडौं। लोकप्रिय टिकटकर आयुष सिंह ठकुरी र उनकी आमा नानु सिंह ठकुरीबीचको पारिवारिक विवाद अब अदालतको ढोकासम्म पुगेको छ।

नानु सिंह ठकुरीले छोरा आयुष र बुहारी अलिजे जमालीविरुद्ध गाली–बेइज्जती गरेको आरोप लगाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्। यो मुद्दा जेठ २५ गते दर्ता भइसकेको भए पनि आयुषले भने आफूहरुले हालसालै मात्र यसको जानकारी पाएको बताएका छन्।

“मलाई के आरोप लगाइएको हो ठ्याक्कै थाहा छैन, अहिले हामीबीच केही खास समस्या छैन, सायद पुरानै घटनाको विषय हो। मुद्दाको जिम्मा वकिललाई दिएको बताउँदै उनले  भने “मुद्दा परेको थाहा पाएपछि मैले पूरै प्रक्रिया मेरो वकिललाई सुम्पिएको छु।” तर वकिल पर्वतराज चापागाईंका अनुसार मुद्दा राम्ररी अध्ययन नभएकाले अहिले नै केही भन्न नसकिने अवस्था रहेको छ।