काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा १० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ। बुधबार प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रुपैयाँले वृद्धि भई २ हजार ३१५ रुपैयाँमा पुगेको हो।








