१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गर्यो



अ+ अ-

काठमाडौँ: डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।  जसले एक्टिभ डिशहोम ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्नेछ।

अब “माइ डिशहोम एप” मा उपलब्ध यो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

सुरुवाती चरणमा, १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएका छन्, जसले ग्राहकहरूलाई उत्कृष्ट अफरहरू उपलब्ध गराउँछन्:

सुरुवाती साझेदारहरू

क्र.सं. ब्रान्ड / आउटलेट स्थान

१ बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन निर्धारित आउटलेटहरूमा

२ सिद्धार्थ हस्पिटालिटी ग्रुप (होटल, रिसोर्ट, कटीज, रेस्टुरेन्ट र क्याफे)

महेन्द्रनगर, सुर्खेत, चिसापानी, भैरहवा, सौराहा (चितवन), चुम्लिङटार (चितवन), बौद्ध (काठमाडौं), नेपालगञ्ज, बिर्तामोड, नारायणगढ, बुटवल, टिकापुर (कैलाली), सुन्धारा (काठमाडौं), नुवाकोट, दमौली, टिंकुने, ललितपुर, पुरानो बानेश्वर, धोम्बोजी (नेपालगञ्ज), मनमोहन (काठमाडौं), महाराजगञ्ज

३ होटल ले हिमालय काठमाडौं

४ लेक साइड रिट्रिट पोखरा

५ इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स हरकपुर, मौलाकाली, बाग्लुङ

६ मेलुङ ठकाली सबै आउटलेट

७ साकी एण्ड फेङ रेस्टुरेन्ट काठमाडौं

८ लुम्बिनी केबलकार बुटवल

९ मौलाकाली केबलकार गैडाकोट, चितवन

१० अचार घर कमलपोखरि, कुपन्डोल

“भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ,” डिशहोमका सीईओ  तारा मानन्धरले बताउनुभयो।

डिशहोमले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्डहरूमा विस्तार गर्ने योजना बनाएको छ, जसअन्तर्गत अझ धेरै अफर र श्रेणीहरू समावेश गरिनेछ।

सक्रिय ग्राहकहरूले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एप  (प्ले स्टोर वा एप स्टोर बाट डाउनलोड गरी) बाट प्रयोग गरी साझेदार आउटलेटहरूमा देखाएर छुट प्राप्त गर्न सक्नेछन्।