७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

‘राजनीतिक सहभागिता हाम्रो अधिकार’ नारासहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले गाईजात्रा उत्सब मनाउँदै

‘राजनीतिक सहभागिता हाम्रो अधिकार’ नारासहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले गाईजात्रा उत्सब मनाउँदै
अ+ अ-

काठमाडौं। नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले यस वर्षको गाईजात्रा स्वतःस्फूर्त रूपमा मनाउने भएका छन्।

ब्लु डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष तथा एसियाकै पहिलो समलिंगी सभासद् सुनिल बाबु पन्तको नेतृत्वमा २०५९ सालदेखि सुरु भएको गाईजात्रा उत्सवलाई समुदायका सदस्यहरुले यो वर्ष पनि निरन्तरता दिन लागेका हुन्।

पन्तको नेतृत्वमा हरेक वर्ष काठमाडौँको ठमेलस्थित सञ्चयकोष अगाडिबाट गाईजात्रा उत्सव मनाउने परम्पराको थालनी भएको हो। उनको नेतृत्वमै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले यसअघि चितवन र पोखरामा पनि गाईजात्रा उत्सव मनाएका थिए।

झन्डै एक दशकको अन्तरालपछि समुदायको अधिकारका लागि पुनः सक्रिय भएका तथा अधिकार प्राप्तिका अभियन्ता समेत रहेका पन्तकै अगुवाइमा यस वर्षको गाईजात्रा उत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाहरूले जनाएका छन्।

यस वर्ष समुदायका सदस्यहरूले यो पर्वलाई सरकारी वा संस्थागत सहयोगबिनै, आ-आफ्नो व्यक्तिगत र सामूहिक योगदानमा आधारित स्वतःस्फूर्त सहभागितासहित मनाउन लागेका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी अभियन्ता नुमा लिम्बु चन्चलाले जानकारी दिइन।

‘वार्षिक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक गाईजात्रा २०८२’ श्रावण २५ गते काठमाडौँको सञ्चयकोष भवनबाट सुरु भई वसन्तपुर दरबार स्क्वायरमा समापन हुने कार्यक्रम तय गरिएको छ। दिउँसो १ बजे सुरु हुने जुलुसमा रङ्गिन सांस्कृतिक तथा कलात्मक प्रस्तुतिहरू समावेश हुनेछन्। वसन्तपुरमा पुगेर दिवङ्गत लैंगिक तथा यौनिक अल्पसंख्यक सदस्यहरूको सम्झनामा दियो बालेर कार्यक्रम समापन गरिनेछ।

यस वर्ष गाईजात्राको मूल नारा ‘राजनीतिक सहभागिता हाम्रो अधिकार’ तय गरिएको छ। सहभागीहरू विभिन्न रङ्गिन पोसाक, हास्यव्यङ्ग्य र सांस्कृतिक अभिव्यक्तिहरूसहित काठमाडौँका सडकमा निस्कन लागेका छन्। उनीहरूले राजनीतिक समावेशीकरणको मागसहित सार्वजनिक सन्देश दिने तयारी पनि गरेका छन्।

पन्तले गाईजात्रालाई केवल शोक वा मृत स्मृतिको दिनको रूपमा नभई, अस्तित्व र स्वतन्त्रताको उत्सवको रूपमा मनाउँदै आएको बताए।
आयोजकहरूको भनाइमा, आफ्नै परिवारले नसम्झे पनि, जीवित समुदायले भने सधैँ दिवङ्गत सदस्यहरूलाई सम्झिरहन्छ। गाईजात्रा उनीहरूका लागि स्वतन्त्रतापूर्वक आफ्नो पहिचान प्रकट गर्ने अवसर हो, जहाँ नाचगान, हाँसो, व्यङ्ग्य र रङ्गिनता समेटिएको हुन्छ।

उत्सवमा सहभागिता जनाउँदै आएका संस्थाहरू (मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसिभ फोरम र समर्पण सभ्य समाज)ले यस वर्षको कार्यक्रम विदेशी सहायता वा कुनै पनि अनुदानबिनै, समुदायकै आर्थिक तथा श्रम योगदानमा आधारित रहेर सम्पन्न गर्न लागिएको जनाएका छन्।

समुदायका अगुवा तथा आयोजकहरूका अनुसार, गाईजात्रा उनीहरूको पहिचान, आवाज र राजनीतिक अधिकार सुनिश्चित गर्ने लामो आन्दोलनको एक अभिन्न अङ्ग बनेको छ। विशेष गरी राज्यका सबै तहमा राजनीतिक प्रतिनिधित्व र समावेशिताको सुनिश्चितताको माग अब मुखर रूपमा प्रस्तुत गर्ने बेला आएको उनीहरूको भनाइ छ। रासस