२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बित

एनएमबी र पुनर्बिमा कम्पनीको साधारण सभा आज, २ बैंकको सेयर नेप्सेमा सूचीकृत

एनएमबी र पुनर्बिमा कम्पनीको साधारण सभा आज, २ बैंकको सेयर नेप्सेमा सूचीकृत
अ अ+ अ-

काठमाडौंः एनएमबि बैंकको वार्षिक साधारण सभा आज बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बस्दैछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ ।  

बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।

यसैगरी, नेपाल पुनर्बिमा कम्पनीको पनि आजै साधारण सभा हुँदैछ । साधारण सभामा आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लगानीकर्तालाई १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । पुस १३ गतेसम्म कायम सेयरधनीले यसको लाभांश सुरक्षित गरेका छन् ।
 
साधारण सभा र लाभांश वितरणका लागि गत पुस १४ गते कम्पनीले बुक क्लोज गरिसकेको छ ।  

नेप्सेमा दुई बैंकको सेयर सूचीकृत

नेप्सेमा दुईवटा बैंकको २ करोड १३ लाख ६४ हजार ७१४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा सानिमा बैंकको १ करोड ६४ लाख ५८ हजार ५८२ कित्ता बोनस सेयर रहेको छ ।  
 
यस्तै, कामना सेवा विकास बैंकको ४९ लाख ६ हजार १३२ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १८.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।