३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

घातक हिमाली बाढीपछि बेपत्ता भएकाहरूको खोजीमा भारतीय सेना

घातक हिमाली बाढीपछि बेपत्ता भएकाहरूको खोजीमा भारतीय सेना
अ+ अ-

एजेन्सी । घातक हिमाली आकस्मिक बाढीको एक दिनपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्न भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी अर्थ–मुभिङ उपकरणहरू ल्याएको छ ।

उत्तराखण्ड राज्यको धराली सहरमा हिलो र फोहोरमैलाको पानीले एउटा साँघुरो पहाडी उपत्यकाको पहरो भत्काएपछि कम्तीमा चार जनाको मृत्यु भएको छ भने ११ जना सैनिकसहित करिब एक सय जना बेपत्ता भएका छन् ।

“थप सेना टुकडीहरू, सेनाका ट्र्याकर कुकुरहरू, ड्रोनहरू, लजिस्टिक ड्रोनहरू, माटो खन्ने उपकरणहरू आदिसहित… प्रयासलाई तीव्रता दिन थालिएको छ”, सेनाले बुधबार भनेको छ ।

सैन्य हेलिकप्टरहरूले ‘आवश्यक सामग्रीहरू, औषधिहरू र डुबानमा परेकाहरूको उद्धार’ का लागि काम गरिरहेको पनि सेनाले बताएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले यो बाढी तीव्र ‘आरी घोप्टे’ वर्षाका कारण आएको बताउनुभयो र उद्धार टोलीलाई ‘युद्धस्तरमा’ तैनाथ गरिएको बताउनुभयो ।

मङ्गलबार दिउँसो पर्यटकीय क्षेत्रमा हिलो पानीको डरलाग्दो लहरले बहुतले भवनहरूलाई बगाएको भारतीय मिडियामा प्रसारित भिडियोहरूले देखाएका छन् ।

धेरै मानिसलाई दौडिरहेको देख्न सकिन्थ्यो । त्यसपछि तिनीहरू पूरै भवनहरूलाई जरैदेखि उखेल्ने अँध्यारो फोहोरको छालहरूमा डुबेका थिए ।

रक्षा राज्यमन्त्री सञ्जय सेठले प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) समाचार एजेन्सीलाई मङ्गलबार राति ‘चार जनाको मृत्यु र करिब एक सय जना बेपत्ता’ भएको बताउनुभयो ।

चरम घटना 

मुसलधारे मनसुनी वर्षा जारी छ । “निरन्तर वर्षाका कारण बढ्दो पानीको सतहलाई ध्यानमा राखेर बासिन्दाहरूलाई उच्च ठाउँहरूमा सारिएको छ”, सेनाले भनेको छ ।

सरकारी मौसम पूर्वानुमानकर्ताहरूले बुधबार उत्तराखण्डका सबै प्रमुख नदीहरू खतराको सीमाभन्दा माथि बगिरहेको बताए । मुख्य धार बितिसकेपछि घटनास्थलबाट सेनाले सार्वजनिक गरेको तस्बिरमा ढिलो गतिमा बग्ने माटोको नदी देखाइएको छ ।

सहरको ठूलो भाग हिलोले डुबाएको छ । उद्धारकर्ताहरूको अनुमानअनुसार केही ठाउँमा यो ५० फिट (१५ मिटर) गहिरो छ र केही भवनलाई पूर्ण रूपमा हिलोले डुबाएको छ ।

जुनदेखि सेप्टेम्बरसम्मको मनसुन मौसममा घातक बाढी र पहिरो सामान्य हुन्छ, तर विज्ञहरू सहरीकरणसँगै जलवायु परिवर्तनले तिनीहरूको आवृत्ति र गम्भीरता बढाइरहेको बताउँछन् । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम सङ्गठनले गत वर्ष बढ्दो तीव्र बाढी र खडेरी जलवायु परिवर्तनले पृथ्वीको पानीचक्रलाई अझ अप्रत्याशित बनाउँदै आउने कुराको ‘सङ्कटको सङ्केत’ हो भनेको थियो ।

विशेषज्ञ हाइड्रोलोजिस्ट मनिष श्रेष्ठले बाढी क्षेत्रमा २४ घण्टाभित्र दुई सय ७० मिलिमिटर (१० इन्च) वर्षा भएको रिपोर्ट ‘चरम घटनाको रूपमा गणना गरिएको’ बताउनुभयो ।

नेपालस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका श्रेष्ठले पहाडहरूमा यस्तो वर्षाको समतल भूमिको तुलनामा ‘बढी केन्द्रित’ प्रभाव हुने बताउनुभयो ।

“यस्ता तीव्र वर्षाका घटनाहरू बढ्दो सामान्य हुँदै गइरहेका छन् र यसलाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ”, उहाँले भन्नुभयो ।