२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताउनु भएको छ ।

जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै उहाँले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिनु भयो । उहाँले यस विषयमा महासंघले सरकार नियामक नियकासंग पैरवी गरिरहेको समेत बताउनु भयो ।

महासंघले देशको आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघको पहल र पैरवीले सरकारले विभिन्न ३० वटा कानूनहरु संशोधन गरेको र यसबाट लगानी मैत्री वातावरण सिर्जना भएको बताउनु भयो ।

उहाँले निजी क्षेत्रको सुदृढीकरणमार्फत देशको समग्र आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो । यस्तै उहाँले महासंघले रोजगारदाता र श्रमिकसंगको सम्बन्ध सुमधुर बनाउन तथा न्यूनतम ज्याला तय गर्ने वियषमा पनि रचनात्मक ढंगले काम गरेको धारणा राखनु भयो ।

अध्यक्ष ढकालले जीतपुर सिमरा उद्योग वाणिज्य संघले नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्न, व्यवसायीहरूको समस्या समाधान गर्न र स्थानीय स्तरमा उद्यमशीलता प्रवद्र्धन गर्न सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जीतपुर सिमरालाई तराईको औद्योगिक केन्द्रको रूपमा उल्लेख गर्दै यस क्षेत्रको भौगोलिक अवस्थिति, सिमरा विमानस्थल तथा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ जस्ता पूर्वाधारले व्यापार र उद्योगको अभूतपूर्व सम्भावना बोकेको बताउनुभयो ।

संघले साना तथा मझौला उद्यमहरूको प्रवद्र्धन, रोजगारी सिर्जना, कर तथा प्रशासनिक झन्झटको समाधान र पूर्वाधार सुधारका विषयमा खेलेको भूमिकाको प्रशंसा गर्दै आउने दिनमा थप रचनातमक कार्य हुने अपेक्षा गरेको बताउनु भयो ।

महासंघले सरकारसँग सहकार्य गर्दै नीति सुधार, लगानीमैत्री वातावरण र अन्तरराष्ट्रिय व्यापार प्रवद्र्धनमा काम गरिरहेको उल्लेख गर्दै उहाँले देशको आर्थिक पुनरुत्थानका लागि निजी–सरकारी साझेदारी अपरिहार्य भएको धारणा राख्नुभयो ।