२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्तलाल चौधरी हत्या आरोपमा नौ जना पक्राउ



अ+ अ-

राजविराज । गत जेठ २२ गते राति सप्तरीको सुरुङ्गा नगरपालिकामा डाँकाको समूहद्वारा हत्या गरिएका कन्तलाल चौधरीको हत्या आरोपी पक्राउ परेका छन् ।

घटनाको दुई महिनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय राजविराजमा आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको छ ।

प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–८ का २७ वर्षीय राजेशकुमार मरिक, २८ वर्षीय सञ्जय मरिक, बोदे बर्साइन नगरपालिका–२ का २० वर्षीय दीपेन मरिक, खडक नपा–११ का ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नपा–८ का २४ वर्षीय दीपक मरिक, उदयपुरको बेलका नपा–१ का २८ वर्षीय चन्दर मरिक, सप्तरीको सुरुङ्गा नपा–७ का ३३ वर्षीय राजुकुमार बिक, सिराहाको लहान नपा–६ का ५२ वर्षीय महेन्द्र गोड्से र लहान–८ का ३८ वर्षीय उमेश साह सोनार छन् ।

पक्राउ परेकाविरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट मृतकको घरबाट लुटिएको गरगहनासहित कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई राउन्ड गोली र एक थान खुकुरी बरामद गरिएको छ । रासस