२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन लक्षित अध्यक्ष दाहालको टिप्पणीः ‘गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ’



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले ३१ लाख जनमत भएको माओवादी ११ लाखमा झर्नुमा आफ्नो कारण रहेको भए आत्मालोचना गर्ने र पार्टी अध्यक्षले पनि आत्मालोचना गर्नुपर्ने धारणा राख्नुभएको थियो । सोही विषयमा सञ्चारकर्मीहरुसँग अध्यक्ष दाहालले गल्ती गर्नेले आत्मोलाचना गर्नुपर्ने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले छलफल चलिरहेको छ । गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ ।’

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आईतवार १९ जनाले आफ्ना धारणा राखेका छन् । —न्युज एजेन्सी नेपाल