१ भाद्र २०८३, सोमबार
,
Latest
कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गर्नुभएको छ ।

राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताउनु भयो । हरेक नेपालीहरुलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ रहने बताउनु भयो । कोदोको खानेकुराहरुले अहिलेलाई मात्रै फाइदा नभइ भावि सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने बताउनु भयो । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्वपूर्ण बाली रहेको बताउनु भयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘हामी स्वस्थ रहने हो भने, हामीले एक छाकमात्रै भएपनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गर्नसक्यौँ भने वास्तवमा स्वस्थ पनि हुन्छौँ । हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भावि सन्तति पनि रोगी भएर जन्मिन्छन् । रोग भित्र्याउने काम हुन्छ । नेपाल सरकारले गरेको निर्णयको कार्यान्वयन आज चाँगुनारायण नगरपालिकाले कार्यान्वयन गरेको छ । हामीले बाटाभर थुप्रै मकैबारी देखेर आयौँ । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्वपूर्ण बाली हो । यसको पनि त्यत्तिकै विकास गर्न सक्नुपर्छ । उत्पादनको ग्यारेन्टी कसरी हुनसक्छ त्यसमा पनि खोजी गर्नुपर्छ ।’

मन्त्री अधिकारीले कृषिमा काम गर्ने हो भने कोदो रोपेर उत्पादन बढाइ बढी फाइदा लिनुपर्ने बताउनु भयो ।