२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गर्नुभएको छ ।

राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताउनु भयो । हरेक नेपालीहरुलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ रहने बताउनु भयो । कोदोको खानेकुराहरुले अहिलेलाई मात्रै फाइदा नभइ भावि सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने बताउनु भयो । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्वपूर्ण बाली रहेको बताउनु भयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘हामी स्वस्थ रहने हो भने, हामीले एक छाकमात्रै भएपनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गर्नसक्यौँ भने वास्तवमा स्वस्थ पनि हुन्छौँ । हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भावि सन्तति पनि रोगी भएर जन्मिन्छन् । रोग भित्र्याउने काम हुन्छ । नेपाल सरकारले गरेको निर्णयको कार्यान्वयन आज चाँगुनारायण नगरपालिकाले कार्यान्वयन गरेको छ । हामीले बाटाभर थुप्रै मकैबारी देखेर आयौँ । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्वपूर्ण बाली हो । यसको पनि त्यत्तिकै विकास गर्न सक्नुपर्छ । उत्पादनको ग्यारेन्टी कसरी हुनसक्छ त्यसमा पनि खोजी गर्नुपर्छ ।’

मन्त्री अधिकारीले कृषिमा काम गर्ने हो भने कोदो रोपेर उत्पादन बढाइ बढी फाइदा लिनुपर्ने बताउनु भयो ।