३० असार २०८३, मंगलवार
,
Latest
सवारी आतंक र जथाभावी पार्किङ गर्नेमाथि कानूनी कारबाही हुने सरकारको प्रतिवद्धता संविधानले दिएका आदिवासी जनजातिको अधिकार जोगाउनु नै अहिलेको प्राथमिकताः वरिष्ठ अधिवक्ता शाक्य यस्ता छन् आज बसेकाे मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरू नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद पूर्वाधार विकासको नयाँ योजनाबाट म आफैँ अचम्मित छुः सांसद मगर शङ्कास्पद पार्किङ प्रकरणमा छानबिन हुनुपर्ने रास्वपा सभापति लामिछानेको माग विश्वविद्यालयलाई दलीय राजनीतिमुक्त बनाउन उपकुलपतिहरूको प्रतिबद्धता, ७ दिनभित्र सुधार कार्ययोजना पेस गर्न निर्देशन नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा



अ+ अ-

ताप्लेजुङ। ताप्लेजुङमा नयाँ बसपार्क सञ्चालनमा आएको छ । जिल्लाको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ मा करिब रु १० करोडको लागतमा निर्माण गरिएको उक्त बसपार्क बिहीबारदेखि औपचारिक रूपमा सेवा सुरू भएको हो ।

फुङ्लिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले बसपार्क सञ्चालनमा आएको घोषणा गर्नुभयो । त्यस अवसरमा बसपार्कमा प्रवेश गरेका सवारीचालकलाई खाद्य सामग्रीसहित स्वागत गरिएको थियो ।

नगर प्रमुख मादेनका अनुसार बसपार्कमा आवश्यक पर्ने संरचना र पूर्वाधार निर्माणको काम अधिकांश पूरा भइसकेको छ । बसपार्क क्षेत्रमा सुरक्षा चेकपोष्ट स्थापना तथा अन्य व्यवस्थापनका कार्य अघि बढिसकेको नगरप्रमुख मादेनले बताउनुभयो ।

नगरपालिकाले सवारी नियम पालना गर्ने उत्कृष्ट चालकलाई रु १० हजार, दोस्रो स्थान हासिल गर्ने चालकलाई रु सात हजार, तेस्रो हुनेलाई रु पाँच हजार तथा सान्त्वना पुरस्कार स्वरूप रु तीन हजार दिने निर्णय गरेको छ । रासस