३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा



अ+ अ-

ताप्लेजुङ। ताप्लेजुङमा नयाँ बसपार्क सञ्चालनमा आएको छ । जिल्लाको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ मा करिब रु १० करोडको लागतमा निर्माण गरिएको उक्त बसपार्क बिहीबारदेखि औपचारिक रूपमा सेवा सुरू भएको हो ।

फुङ्लिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले बसपार्क सञ्चालनमा आएको घोषणा गर्नुभयो । त्यस अवसरमा बसपार्कमा प्रवेश गरेका सवारीचालकलाई खाद्य सामग्रीसहित स्वागत गरिएको थियो ।

नगर प्रमुख मादेनका अनुसार बसपार्कमा आवश्यक पर्ने संरचना र पूर्वाधार निर्माणको काम अधिकांश पूरा भइसकेको छ । बसपार्क क्षेत्रमा सुरक्षा चेकपोष्ट स्थापना तथा अन्य व्यवस्थापनका कार्य अघि बढिसकेको नगरप्रमुख मादेनले बताउनुभयो ।

नगरपालिकाले सवारी नियम पालना गर्ने उत्कृष्ट चालकलाई रु १० हजार, दोस्रो स्थान हासिल गर्ने चालकलाई रु सात हजार, तेस्रो हुनेलाई रु पाँच हजार तथा सान्त्वना पुरस्कार स्वरूप रु तीन हजार दिने निर्णय गरेको छ । रासस