८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

डिङ्गरनगर सहकारीले २५ करोड अपचलन गरेको पुष्टि, १२ करोडको हिनामिना

डिङ्गरनगर सहकारीले २५ करोड अपचलन गरेको पुष्टि, १२ करोडको हिनामिना
अ अ+ अ-

रुपन्देही । तिलोत्तमा नगरपालिका–२ स्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा १२ करोड रुपैयाँ हिनामिना भएको पाईएको छ ।

सहकारीमा अनियमितता भएको आशंकापछि छानबिनका लागि खटिएका लेखापरीक्षकले सहकारीमा १२ करोड रुपैयाँ हिनामिना र २५ करोड अपचलन भएको पुष्टि गरेको हो ।

सहकारीका करिब दुई हजार बचतकर्ताको रकम पदाधिकारीको निजी खातामा जम्मा गरेको, व्यक्तिगत तजबिजमा लगानी गरेको, ऋण नलिएका व्यक्तिहरूको नाममा ऋण देखाइएको र सहकारीको सफ्टवेयरबाट अंक र अक्षर ‘डिलिट’ गरेको पाइएको छ ।

लेखापरीक्षकले बुधबार अन्तिम प्रतिवेदन तयार गरी कार्यसमितिमा बुझाएका छन् ।कार्यसमितिले पनि सो प्रतिवेदन लुम्बिनी प्रदेश सहकारी रजिष्टार कार्यालयमा पठाइसकेको बताइएको छ ।

लेखापरीक्षण स्रोतका अनुसार सहकारीमा १२ करोड रुपैयाँ हिनामिना, २५ करोड अपचलन र ८० करोड हाराहारीको नीतिगत अपचलन भएको पाईएको छ । यस प्रकरणका मुख्य अभियुक्त सहकारी अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री असार १७ गतेदेखि फरार छन् ।

उनीहरु फरार रहेपछि प्रहरीले अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारीलाई नियन्त्रणमा लिएको थियो । उनलेले बचतकर्तालाई करिब ७ करोड रुपैयाँ फिर्ता गराउने प्रस्ताव अघि सारेकी थिइन् ।

करिब २२ सय सदस्य रहेको भनिएको यो सहकारीमा पछिल्लो चरण १८ सय मात्रै रहेको र ती मध्ये ११ सय ऋणि रहेको बताइएको छ । यद्यपी, यसबारे छानविन समितिले विवरण सार्वजनिक गर्न बाँकी छ ।

बचतकर्ताहरुले आफ्ना रकम फिर्ता गर्न माग गर्दै सहकारीको कार्यालय अगाडि प्रदर्शन गर्दै आईहेका छन् ।