१ भाद्र २०८३, सोमबार
,
Latest
संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व सङ्कलन घट्यो



अ+ अ-

तनहुँ। यहाँको मालपोत कार्यालयको गत आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलनमा कमि आएको छ । अघिल्लो आव २०८०/८१ को तुलनामा २०८१/८२ मा रु तीन करोड ३१ लाख ४२ हजार ७२८ ले राजस्व सङ्कलन घटेको हो ।

आव २०८०/८१ मा रु ३५ करोड ९५ लाख ५२ हजार २२८ राजस्व सङ्कलन गरेकामा गतवर्ष रु ३२ करोड ६४ लाख नौ हजार ४८० सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।

जग्गा वर्गीकरणमा कृषिमा न्यून र आवासमा बढी दस्तुर लाग्ने हुँदा अधिकांश जग्गा कृषिमा परेकाले राजस्व सङ्कलनमा प्रभाव परेको कार्यालय प्रमुख केशवराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अघिल्लो वर्ष स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु गरेसँगै जग्गाको कारोबार बढ्दा राजस्व सङ्कलनमा वृद्धि भएको थियो तर गत आर्थिक वर्षमा जग्गाको कारोबार पनि घटेकाले हुनसक्छ, राजस्व सङ्कलन घटेको छ ।” रासस