२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई मालपोत राजस्वमा शतप्रतिशत छुट



अ+ अ-

जनकपुरधाम। सुक्खाग्रस्त क्षेत्रका किसानलाई आर्थिकरुपमा राहत दिन महोत्तरीको मनराशिसवा नगपालिकाले मालपोतमा लाग्ने राजस्वमा मिनाहा गरेको छ ।

सो नगरपालिकाले चालु आर्थिक वर्षमा किसानलाई मालपोतमा लाग्ने राजस्वमा शतप्रतिशत छुट दिने घोषणा गरेको हो ।

सो नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गरी यसवर्ष पानीको अभावले किसानको खेतमा धान रोपाइँ नभएको तथा खाद्यान्न उत्पादन नभइ आर्थिक अभाव सिर्जना भएकाले राहतस्वरुप मालपोत राजस्वमा शतप्रतिशत छुटदिने निर्णय भएको जनाएको छ ।

यसैगरी सर्लाहीको धनकौल गाउँपालिका तथा गोडैता नगरपालिकाले पनि चालु आवमा किसानलाई मालपोतमा लाग्ने राजस्वमा शतप्रतिशत छुट दिने घोषणा गरेको जनाएको छ । रासस