२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरेन्द्रनगरका वडाध्यक्ष लोकबहादुर शाहीको निधन



अ+ अ-

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ। क्यान्सर र निमोनियाबाट पीडित शाहीको मंगलबार बिहान घर फर्किँदै गर्दा बाटोमै मृत्यु भएको हो।

काठमाडौँस्थित वीर अस्पतालमा उपचाररत शाहीलाई सुधार नदेखिएपछि घर ल्याउने निर्णय गरिएको थियो। तर, एम्बुलेन्समा सुर्खेत फर्किने क्रममा भेरीगंगा नगरपालिका–७ स्थित हर्रे आइपुग्दा उनको निधन भएको कार्यवाहक वडाध्यक्ष वासु आचार्यले जानकारी दिए।

६० वर्षीय शाही पछिल्लो एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए। त्यसक्रममा उनलाई निमोनियाले समेत आक्रमण गरेको थियो। वीर अस्पतालको आइसियुमा राखेर उपचार गर्दा पनि अवस्था नाजुक हुँदै गएपछि अन्तिम इच्छा अनुसार परिवारले घर फर्काउने निर्णय लिएको थियो।

लोकबहादुर शाही २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भई वडा नं. ५ को वडाध्यक्ष बनेका थिए। उनी झण्डै १० महिनादेखि उपचाररत थिए।

शाहीको निधनले स्थानीय तह र वडावासीबीच शोकको वातावरण सिर्जना भएको छ। पार्टी कार्यकर्ता, जनप्रतिनिधि र स्थानियबासीले उनको योगदानलाई सम्झँदै श्रद्धाञ्जली अर्पण गरेका छन्।