२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

करोडौँको सरकारी भवन प्रयोगविहीन, भाडाको घरमा गाउँपालिका



अ+ अ-

सिरहा। जिल्लाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरस्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको करोडौँ लगानीको ‘विष्णु भवन’ वर्षौंदेखि प्रयोगविहीन अवस्थामा छ । वृद्धाश्रम सञ्चालनको उद्देश्यले करिब रु तीन करोडमा बनेको उक्त भवन अहिले जर्जर बन्दै गएको छ ।

भवन निर्माणका लागि सुरुमा रु दुई करोड ५० लाखको बजेट ल्याइएको थियो भने ठेक्का सम्झौता रु दुई करोडमा गरिएको थियो पछि भान्साघर निर्माणका लागि थप रु एक करोड खर्च भएको पूर्ववडाध्यक्ष गोविन्द्र यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मैले जुन उद्देश्यले भवन बनाएको थिएँ, त्यो हुन नसके पनि अहिले कम्तीमा पालिकाको कार्यालय चलाउँदा भवनको सुरक्षा र सरकारी रकमको बचत हुन्थ्यो ।”

२४ वटा कोठा, छुट्टै भान्साघर र आवश्यक पूर्वाधार रहेको सो भवनको झ्याल, ढोका, शौचालयमा क्षति हुन थालेको छ । स्थानीय नागेश्वर यादवले भन्नुभयो, “सरकारी रकमले बनेको भवन यतिकै अलपत्र छ, तर पालिकाले लाखौँ तिरेर भाडामा बसिरहेको छ ।”

गाउँपालिकाका लेखा सहायक गङ्गाप्रसाद यादवका अनुसार पालिकाले हाल चारवटा छुट्टाछुट्टै भवन भाडामा लिएको छ, जसमा वार्षिक रु १२ लाखभन्दा बढी खर्च भइरहेको छ ।

पालिका अध्यक्ष सत्यनारायण यादवले भवनमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने पहल गरिरहेकाले सिटिइभिटीसँग समन्वय भइरहेको जानकारी दिनुभयो तर, अन्य जनप्रतिनिधिले अध्यक्षको भनाइ भ्रम छर्ने प्रयास मात्र भएको आरोप लगाएका छन् । रासस