३० असार २०८३, मंगलवार
,
Latest
समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ सञ्चार गृह अगाडिको घटनामा छानबिन र कारबाही हुनुपर्छः सभापति लामिछाने पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित पूर्वसचिव डा जोशीको निधन मधेस प्रदेशसभा बैठकः प्रदेश विनियोजन विधेयकमाथि छलफल विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

करोडौँको सरकारी भवन प्रयोगविहीन, भाडाको घरमा गाउँपालिका



अ+ अ-

सिरहा। जिल्लाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरस्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको करोडौँ लगानीको ‘विष्णु भवन’ वर्षौंदेखि प्रयोगविहीन अवस्थामा छ । वृद्धाश्रम सञ्चालनको उद्देश्यले करिब रु तीन करोडमा बनेको उक्त भवन अहिले जर्जर बन्दै गएको छ ।

भवन निर्माणका लागि सुरुमा रु दुई करोड ५० लाखको बजेट ल्याइएको थियो भने ठेक्का सम्झौता रु दुई करोडमा गरिएको थियो पछि भान्साघर निर्माणका लागि थप रु एक करोड खर्च भएको पूर्ववडाध्यक्ष गोविन्द्र यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मैले जुन उद्देश्यले भवन बनाएको थिएँ, त्यो हुन नसके पनि अहिले कम्तीमा पालिकाको कार्यालय चलाउँदा भवनको सुरक्षा र सरकारी रकमको बचत हुन्थ्यो ।”

२४ वटा कोठा, छुट्टै भान्साघर र आवश्यक पूर्वाधार रहेको सो भवनको झ्याल, ढोका, शौचालयमा क्षति हुन थालेको छ । स्थानीय नागेश्वर यादवले भन्नुभयो, “सरकारी रकमले बनेको भवन यतिकै अलपत्र छ, तर पालिकाले लाखौँ तिरेर भाडामा बसिरहेको छ ।”

गाउँपालिकाका लेखा सहायक गङ्गाप्रसाद यादवका अनुसार पालिकाले हाल चारवटा छुट्टाछुट्टै भवन भाडामा लिएको छ, जसमा वार्षिक रु १२ लाखभन्दा बढी खर्च भइरहेको छ ।

पालिका अध्यक्ष सत्यनारायण यादवले भवनमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने पहल गरिरहेकाले सिटिइभिटीसँग समन्वय भइरहेको जानकारी दिनुभयो तर, अन्य जनप्रतिनिधिले अध्यक्षको भनाइ भ्रम छर्ने प्रयास मात्र भएको आरोप लगाएका छन् । रासस