१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल



अ+ अ-

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित हुनुभएको छ ।

मस्कोमा सम्पन्न १२औँ साधारणसभाबाट उहाँ निर्वाचित हुनुभएको हो । खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै पूरा गरेपछि सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा रूसको राजधानी मस्को जानुभएको थियो ।

विद्यार्थीकालमा उहाँले नेपाली विद्यार्थी सङ्घको अध्यक्ष भएर काम गरिसक्नुभएको छ । उहाँ दुई कार्यकाल रुसमा एनआरएनए युवा संयोजक (२०१९–२०२३) हुनुभयो भने निवर्तमान कार्यसमितिमा महासचिव (२०२३–२०२५) हुनुहुन्थ्यो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमित कुमार कर्ण र डा प्रनिल प्रधान, महासचिवमा प्रवीण खतिवडा चयन हुनुभएको छ । यस्तै, युवा संयोजकमा गिभ्सन ढकाल, सचिवमा खगेन्द्र धामी र दयानिधि गुरागाईं, कोषाध्यक्षमा रामबाबु पाण्डे र सह–कोषाध्यक्षमा यमबहादुर थापा निर्वाचित हुनुभएको छ ।

महिला संयोजकमा श्रीमती हेमाकुमारी ‘कला’ पोखरेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । कार्यसमिति सदस्यमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, विनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल निर्वाचित हुनुभएको छ । यस पटक रुसबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा डा मनामूर्ति भुर्तेल निर्वाचित हुनुभएको जनाइएको छ । रासस