७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

नाग दोषबाट मुक्ति मिल्ने विश्वासको तीर्थस्थल कमलपोखरी

नाग दोषबाट मुक्ति मिल्ने विश्वासको तीर्थस्थल कमलपोखरी
अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरीले नागजन्य दोषबाट मुक्ति मिल्ने तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको छ । प्राचीन कालदेखि नागको वासस्थानका रुपमा रहेको विश्वास मानिने यो तीर्थस्थलमा हरेक वर्ष नाग पञ्चमीका दिन विशेष मेला लाग्छ ।

नागपञ्चमीमा यस तीर्थस्थलमा आएर नागको दर्शन गरेमा नागजन्य विभिन्न दोषबाट मुक्ति मिल्ने विश्वास रहेको मादी गाउँपालिका–५ चितेपानीकी मेनुका अधिकारीले बताउनुभयो । नागपञ्चमीमा यहाँ आएर दर्शन गरेमा नागजन्य विभिन्न दोषका साथै प्रकृतिजन्य बाढीपहिरो, खोलानाला, चट्याङ्ग आदिको प्रकोपबाट मुक्ति मिल्ने विश्वासका कारण यहाँ टाढाटाढाबाट दर्शनार्थी आउने गर्दछन् ।

विश्व रामसार सूचीसमेतमा सूचीकृत यो ताल नाग र यहाँ फूल्ने कमलको फूलका कारण परिचित छ । पोखराको मुख्य बजार क्षेत्र नजिकै रहेको कमलपोखरी ढकमक्क कमल फूल ढाकिनुका साथै नागको बासस्थान रहेको प्राचीन जनविश्वाससमेतले यसको महत्व र गरिमा बढाएको हो । पछिल्ला वर्षमा तालको अवलोकनका साथै यहाँ पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्न पर्यटक आउने गरेका स्थानीयवासी चित्रबहादुर रानाले बताउनुभयो । पर्यटक आउने क्रम बढ्दो रूपमा रहेपनि यसको उचित व्यवस्थापन नहुँदा ताल पुरिने चिन्ता रहेको उहाँले बताउनुभयो ।

“कमलपोखरी तालललाई व्यवस्थित गर्न सके यो पर्यटकीय गन्तव्य बन्न सक्छ”, रानाले भन्नुुभयो, “यसका लागि स्थानीयवासीसँगै राज्यका सबै निकायको ध्यान पुग्नु जरुरी छ ।”

यहाँको संरक्षणमा स्थानीय दलित समूदाय चार दशकदेखि लागिपरेको कमलपोखरी संरक्षण समितिका सचिव तिलबहादुर सुनारले जानकारी दिनुुभयो । तालको संरक्षण गर्न स्थानीयवासी २०४५ सालदेखि नै सङ्गठित बन्दै आएका छन् । विसं १९९० सालको नापीमा कमलपोखरीको कूल क्षेत्रफल १८२ रोपनी रहेको सुन्नमा आएपनि अहिले यसको नाममा ३२ रोपनी मात्र जग्गा मात्रै रहेको उहाँले बताउनुभयो । पछिल्लो समय यहाँ स्थानीयको सकृयतामा विभिन्न संरचना निर्माण गरिएका छन् । ।

ताल संरक्षण गर्न विभिन्न पूर्वाधार निर्माण थालिएको पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले बताउनुुभयो । ताल वरपर पैदल मार्ग बनाउन सङ्घीय सरकारले रु ४० लाख विनियोजन गरेको छ । तालमा आउने खोलालाई बाँधसहित व्यवस्थित बनाउन रु २५ लाख विनियोजन भई काम अघि बढाइएको सचिव सुनारले बताउनुुभयो ।

विश्व रामसार सूचीमा सूचिकृत कमलपोखरी परिसरमा प्रत्येक वर्ष नागपञ्चमीमा मेला लाग्छ । करिब साढे चार दशकअघिसम्म कमलपोखरी बुडुवा तालका रूपमा चिनिन्थ्यो । तालको बीच भागमा नागको सुन्दर मूर्तिसहित किनारमा राधाकृष्ण, गणेश, नाग र बाबा विश्कर्माको मन्दिर छ ।